अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:४१ | Colorodo: 03:56

ह्युस्टनमा नेपाली नाइट धमाका: सन्दीप र प्रियंकाको अविस्मरणीय प्रस्तुति

बिआरटीनेपाल २०७४ असार २७ गते २०:५८ मा प्रकाशित

नेप्लिज हेरिटेज युनियन (NHU) को आयोजनामा गत आइतबार साँझ ह्युस्टनमा नेपाली साङ्गीतिक कार्यक्रमहरूको संगालो ‘नेपाली नाइट धमाका’ भव्यरुपमा सम्पन्न भएकोछ। करिब ३५० दर्शकको सहभागिता रहेको कार्यक्रमलाई चर्चित हास्यकलाकार सन्दीप क्षेत्रीको कमेडियन प्रस्तुति र नेपाली सिनेमाकी प्रिय नायिका प्रियंका कार्कीको जोडदार नृत्य प्रस्तुतिले ह्युस्टनको नेपालीहरूको मन जित्न सफल भयो। सन्दीपको कमेडीमा पेट मिची-मिची हाँसेका दर्शक प्रियंकाको सुन्दर नृत्यमा समेत सँग-सँगै नाचिरहेका देखिन्थे। हिसिना पोखरेल लगाएतका स्थानीय कलाकारहरूको प्रस्तुति पनि उत्तिकै रुचाइएको थियो।  

स्थानीय ‘समरा व्याण्ड’को गीतहरुले पनि दर्शक/श्रोताको ध्यान खिचेको देखिन्थ्यो। रुकिन, ह्युस्टन स्थित ‘बेकर रिप्ले नाइवरहुड सेन्टर’को हल खचाखच भएको नेपाली साङ्गीतिक कार्यक्रममा एनएचयूका अध्यक्ष विदुर दवाडीले नियमित कार्यक्रम समापन गरिसकेपछि समेत डिजे अनुप र डिजे पलले धमाकेदार गीत बजाउन थालेपछि त सहभागीहरुलाई बिहान २ बजे पछिसम्म नै नाचिरहन उक्साइरहेको देखिन्थ्यो। 

गैर आवासीय नेपाली सङ्घ, अमेरिकाका उपाध्यक्ष राम सी पोखरेलको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा भुटनिज एशोसियसनका अध्यक्ष लगायत नेपाली समाज ह्युस्टन र गुल्मी समाजका प्रतिनिधिहरूको समेत उपस्थिति रहेको जानकारी एनएचयूका महासचिव डिसज न्यौपानेले गराए। कार्यक्रमबाट संकलित रकम मध्ये खर्च कटाएर बाँकी रकम एनएचयूद्वारा सञ्चालन हुने सामुदायिक हितका कामहरुकालागि उपयोग गरिनेछ।

Photo: NHU

प्रतिक्रिया