अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:४८ | Colorodo: 11:03

भारी मात्रामा हतियार बोकेको अमेरिकी सैनिक विमान दुर्घटना- १६ को मृत्यु

बिआरटीनेपाल २०७४ असार २७ गते ७:२८ मा प्रकाशित

अमेरिकाको मिसिसिपी राज्यको लेफ्लोर काउन्टीमा अमेरिकी सेनाको कार्गो विमान दुर्घटना हुँदा विमानमा सवार १६ जनाको मृत्यु भएको छ । भारी मात्रामा हतियार बोकेको सो सैन्य बिमान मिसिसिपीको राजधानी ज्याकसन देखि करीब १०० माइल टाढा अत्याधिक मात्रामा सैनिकहरुले प्रयोगमा ल्याउने सी-१३० विमान स्थानीय समय अनुसार सोमबार दिउँसो ४ बजे दुर्घटना भएको हो।

डिजास्टर म्यानेजमेन्ट अधिकारीका अनुसार विमानको भग्नावशेष ली फ्लोर काउन्टीको हाइवे–८२ को दुबैतर्फ करिब ८ किलोमिटर टाढासम्म पुगेको छ । गोली बारुद बोकेको बिमान भएकाले दुर्घटना स्थल वरपरको आगो अत्यन्त भयानक हुँदा यसलाई निभाउनका लागि १५ हजार लिटर फोमको प्रयोग गर्न परेको थियो ।बिमानमा १६ जना सैनिक सवार रहेका थिए सबै जनाको दुर्घटनामा मृत्यु भएको छ ।

काउन्टी मेनेजमेन्ट डाइरेक्टर फ्रेड रान्ड्लको अनुसार खेतमा खसेको सो विमानलाई देखेका प्रतक्ष्यदर्शीले सुरुमा इञ्जियनबाट धुँवा निस्किएको र आकाशमा कावा खाँदै विमान जमिनमा खसेको देखेका थिए । दुर्घटनाको खवर प्राप्त हुनासाथ एफ बि आइका पदाधिकारीहरू दुर्घटना स्थल पुगेका थिए ।

दुर्घटनाको अवस्थाबारे विस्तृत विवरण आइसकेको नभएपनि मिसिसिपी गोवर्नर फिल ब्र्यान्टले घटनालाई अत्यन्त दुखद भन्दै आफ्नो फेसबुक मार्फत दिएको स्टेट्मेन्टमा भनेका छन् ‘सैनिक पोशाकमा हाम्रा पुरुष तथा महिलाले हाम्रो स्वतन्त्रता सुनिश्चित गर्नका निम्ति दैनिक आफ्नो ज्यान जोखिममा पार्ने गरेका छन्।’

 

मिसिसिपी गोवर्नर फिल ब्र्यान्टले आफ्नो फेसबुक मार्फत दिएको स्टेट्मेन्ट जस्ताको त्यस्तै ।

Please join Deborah and me in praying for those hurting after this tragedy. Our men and women in uniform risk themselves every day to secure our freedom.

दुर्घटना भएको बिमानको तस्बिर

Photo: WLBT 3 (MS NEWS), CNN and google

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू