अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:५८ | Colorodo: 04:13

जानीजानी गल्ती गर्ने

राकेश कार्की २०७४ असार २७ गते ६:३१ मा प्रकाशित

गजल

जानीजानी गल्ती गर्ने थोरै हुन्छन्
चेतेर पनि गर्ने चाहिँ चोरै हुन्छन्

कालो हुने पनि इच्छा त हुँदो हो
जुनसुकै क्रिम घसे पनि गोरै हुन्छन् ।

बिचरा मान्छे बाँधेर थुने पनि
भेँडा बाख्रा थुन्ने पनि खोरै हुन्छन्

जसले जति छोरा छोरा गरे पनि
बा आमा देखि झर्कने छोरै हुन्छन् ।

छुट्याएर जति हेला गरे पनि
सधैँ माया गर्ने छोरी ओरै हुन्छन्