अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:२४ | Colorodo: 17:39

कतारमा नेपाली कामदारलाई १२ लाख रुपैया पुरस्कार

बिआरटीनेपाल २०७४ असार २६ गते २०:५८ मा प्रकाशित

कतारी कम्पनी नास्सिर अल अली इन्टरपाइजेजले उत्कृष्ट काम गरेको भन्दै नेपाली कामदार फिरोज खानलाई ४० हजार रियाल (झन्डै १२ लाख रुपैयाँ) पुरस्कार दिएको छ । खान कम्पनीका प्रमुख लेखा अधिकृत हुन् ।

कम्पनीले हरेक बर्ष उत्कृष्ट काम गर्ने कामदारलाई पुरस्कार गर्दै आएको छ । खान त्यस कम्पनीमा दुई बर्षअघि सहायक लेखापालको रुपमा प्रवेश गरेका थिए । फिरोजले आफु उत्कृष्ट भएपछि निकै उत्साहित भएको वताए । त्यस कम्पनीले आफ्ना भुकुम्प पीडित कामदारको भवन बनाउन समेत सहयोग गरेको थियो । त्यसको लागि पीडित कामदारहरुलाई झन्डै ५ लाख रियाल सहयोग गरेका थिए ।आजको कान्तिपुरमा  खबर छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू