अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:३२ | Colorodo: 09:47

प्रदीप मित्तलको यात्रा सार्वजनिक

बिआरटीनेपाल २०७४ असार २५ गते २१:५८ मा प्रकाशित

बिर्तामोडका युवा उद्योगपति प्रदीप मित्तलको जीवन यात्रा समेटिएको ‘प्रदीप मित्तल एक निरन्तर यात्रा’ नामक पुस्तक तथा श्रव्य दृश्य सामग्री बिर्तामोडमा विमोचन भएको छ । उक्त समारोहका अध्यक्ष समेत रहेका प्रदीपका पिता द्वारिकाप्रसाद मित्तलले पुस्तकको तथा श्रव्य दृश्य सामग्रीको बिर्तामोडका नव निर्वाचित मेयर धु्रवकुमार शिवाकोटीले विमोचन गरेका थिए ।

उद्योगपति प्रदिपले स्वागत गरेको कार्यक्रममा प्रमुख अतिथि समेत रहेका मेयर शिवाकोटी, मेचीका प्रहरी प्रमुख एसएसपी पिताम्बर अधिकारी, पुस्तकका सम्पादक वरिष्ठ कलाकार लय संग्रौला, मिलाप मासिकका सम्पादक÷प्रकाशक कृष्ण भुसाल लगायतले मन्तव्य राखेका थिए । 

कार्यक्रमका वक्ताले युवा उमेरमै सामान्य व्यवसायीदेखि ठुलो उद्योगपतिको रूपमा स्थापित प्रदिपको जीवन सङ्घर्ष र सफलताका रहस्य समेटिएको पुस्तक अरूका लागि प्रेरक भएको बताए । कार्यक्रममा बिर्तामोडकी उपमेयर पवित्रा महतरा प्रसाईं लगायतको आतिथ्य थियो ।

कार्यक्रमको सञ्चालन उपभोक्ता अधिकारवादी मदनगोपाल सुब्बाले गरेका थिए । कभरसहित १८० पृष्ठको पुस्तकमा उद्योगपति प्रदिपको जीवन यात्रादेखि उनको उद्योग व्यवसायका क्षेत्र समेटिएको छ । त्यस्तै उनलाई नजिकबाट चिन्ने सहकर्मीहरुको लेख समेत पुस्तकमा समेटिएको छ भने श्रब्य दृश्यमा पुस्तकमा भएका अंशहरुलाई प्रस्तुत गरिएको छ ।

सो अवसरमा मित्तलले पत्रकार सहारा उपचार कोषका झपाका लागि १ लाख ११ हजार १ सय ११ रुपैयाँ प्रदान गरेका छन् । पत्रकार महासङ्घ झापाका कार्यवाहक अध्यक्ष एवम् पत्रकार उपचार कोषका संयोजक एकराज गिरीलाई उद्योगपति प्रदीप तथा उनका पिता द्वारिकाप्रसाद मित्तलले उक्त रकम हस्तान्तरण गरेका थिए । कार्यक्रममा लय संग्रौला र कृष्ण भुसाललाई अभिनन्दन पनि गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू