अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४५ | Colorodo: 20:00

“विराटनगरिया बासीको पिक्निक वासिङ्टन डिसीमा सम्पन्न

बिआरटीनेपाल २०७४ असार २५ गते १४:१९ मा प्रकाशित

बिराटनगरबाट अमेरिका आई वाशिङटन डिसी तथा वरीपरीका राज्यहरूमा बसोबास गर्ने नेपालीहरूले हिजो भर्जि्निया स्थित फेयर फ्याक्स सिटीमा एकभब्य भेटघाट कार्यक्रम सहितको पिकनिक मनाए । “विराटनगरियाको उक्तभेटघाट कार्यक्रमलाई विराटनगर महानगरपालिकाको नव निर्वा्चित मेयरभीम पराजुलीले लाईभ फोन मार्फत सबैलाई शुभकामना व्यक्त गर्दै आफूलाई सहयोग र सल्लाह दिन अनुरोध गर्नु भएको थियो ।

आपसमा भाईचारा कायम गर्दै दुख र सुख साटा साट गर्ने उद्देश्य लिदै बार्षिकरुपमा भेटघाट, पिकनिक, तीज तथा दसैँ तिहार जस्ता कार्यक्रमहरुआयोजना गर्दै आएको बिराटनगरीया भेटघाटका आयोजक स्वयम सेवक सदस्य मध्यका राजन अधिकारी बताउछन । 

भर्खरै मात्र विराटनगरलाई महानगरपालिका घोषणा गरीएकोमा सबै सहभागीहरुले खुसी व्यक्त गरे । अब अमेरिकामा बसोबास गर्ने हामी बिराटनगरीयाले आफ्नो महानगरपालिका लगायत त्यस क्षेत्रको बिकासमा टेवा दिनु पर्ने र त्यसमा बिराटनगरिया भएको नाताले पनि थप जिम्मेवारी बढेको अर्का आयोजक स्वयम सेवक सदस्य सुमन तिमील्सिनाले बताए । 

अमेरिकामा बसोबास गर्दै आएका नेपालीहरूको पहुच आईटी क्षेत्रमा पुर्याउनआफ्नो सक्रियताका बारेमा प्रकाश पार्दै आईटी पढेर रोजगारीका लागीभौतारिएका नेपालीहरूले आफ्नो सस्थामा सर सल्लाह लिन सक्ने ब्यहोरा आइटी क्षेत्रका विज्ञ गोपी उप्रेतीले जानकारी गराउनु भयो । 

उक्त कार्यक्रममा कानुनी क्षेत्रमा अध्यापन गर्दै आउनु भएकी कानुन विद माधवी कार्कीले कानुन अध्यापन र कानुनी राय सल्लाहमा आफूले गर्न सक्ने सहयोगका बारेमा प्रकाश पार्नु भएको थियो । त्यस्तै, विराटनगरबाट आएर अमेरिकामा अध्ययन तथा अध्यापन गर्दै आफ्नो बिज्ञताका बारेमा डा. मेदिनी भन्डारीले प्रकाश पार्नु भयो ।

उक्त कार्यक्रममा स्थानीय चेली प्रभा भट्टराई देउजाले सामाजिक कार्यमा सबैलाग्नु पर्ने र यसैबाट आफ्नो जीवन सार्थक हुने ब्यहोरा व्यक्त गर्दै नेपालमा आफूले सहयोग गर्दै आएको हरिसिद्दी पब्लिक स्कुलका बारेमा प्रकाश पार्नुभयो ।
उक्त कार्यक्रममा नेपालबाट घुम्न आएका पाउनाहरुको समेत उपस्थितीरहेको थियो । नाच गान सहित बिराटनगरको विशेष “पान “ ले सबैको मुखमिस्ठान्न गरिएको थियो । कार्यक्रममा खानाका लागी नपुग रकम बिराटनगरिया तथा रिएल्टर कमल पारेखले सहयोग गर्नु भएको थियो । 

फोटो: मनिश भण्डारी

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू