अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:०८ | Colorodo: 13:23

कोलोराडोबाट एनआरएन अमेरिकाको सदस्यमा बासुदेब खनाल

बिआरटीनेपाल २०७४ असार २५ गते १२:४८ मा प्रकाशित

कोलोराडो । एनआरएन अमेरिकाको सदस्यमा कोलोराडोका सामाजिक अभियन्ता बासुदेब खनालले एनआरएनको आगामी कार्यकालका लागि कार्य समिति सदस्य पदमा उम्मेदवारी दर्ता गरेका छन् । हाल एन आर एन कोलोराडो च्याप्टर अध्यक्ष समेत खनालले डा. केशव पौडेलको प्यानललाई समर्थन गरेका छन् ।

हेटौंडाका बासुदेब अमेरिकी नेपाली माझ परिचित हुन । उनले सबैको साथ र सहयोगको अपेक्षा सहित आफू बोर्ड अफ डाइरेक्टरको उम्मेद्धार भएको बताएका छन् । गैर आवासीय नेपाली सङ्घ एनआरएनको आसन्न निर्वाचनमा २०१७/ २०१९ को लागी मैले बोर्ड अफ डाइरेक्टरमा उम्मेद्धारी दिएको छु र धेरै साथीहरू र शुभेच्छुहरुबाट संस्थामा निरन्तरता दिन आग्रह पछि बोर्ड अफ डाइरेक्टरमा उम्मेद्धारी दिएको हुँ उम्मेद्धारीको मनोनयन दर्ता पछि बासुदेबले बिआरटी नेपालसँग कुरा गर्दै भनेका छन् । सबैको साथ सल्लाह र हौसलाले अझै मलाई बल प्रदान गरेको छ । ”

एनआरएन लगायत सामाजिक कार्यक्रमहरूमा सक्रिय बासुदेबले आगामी कार्यकालका लागी बोर्ड अफ डाइरेक्टरमा विजयी बनाउन सबै एनआरएन अमेरिकाका सदस्यहरूमा अपिल समेत गरेका छन् । चुनावी दौरानमा अहिलेसम्म नेपाली समुदायबाट पाएको प्रतिक्रियाका हिसाबले आफू विजयी हुनेमा ढुक्क रहेको उनले बिआरटी नेपाललाई बताए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू