अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:२३ | Colorodo: 05:38

‘मदन पुरस्कार-२०७३’ का लागि ९ पुस्तक मनोनयनमा

बिआरटीनेपाल २०७४ असार २५ गते ३:४० मा प्रकाशित

मदन पुरस्कार गुठीले ०७३ सालमा बजारमा आएका कृतिहरु मध्येबाट ९ वटा कृतिलाई पुरस्कारको मनोनयन सुचिमा राखेको छ । मनोनयनमा परेका ९ पुस्तकहरुमा पुरूषोत्तमलोचन श्रेष्ठको गुहा, गुहालेख, गुहाचित्र एवं अन्य सम्पदा, राज सरगमको छाउघर, शरद पौडेलको तपन, जय छाङ्छाको दोहाको सीधा उडान, घनश्याम कँडेलको धृतराष्ट्र, हरि अधिकारीको प्रतिनायक, सीमा आभासको म स्त्री अर्थात् आइमाई, राजेन्द्र पराजुलीको शुक्रराज शास्त्रीको चस्मा र नवराज पराजुलीको सगरमाथाको गहिराइ रहेका छन् ।

मनोनयनमा परेका यिनै मध्येबाट सर्वश्रेष्ठ एक पुस्तकलाई ०७३ सालको मदन पुरस्कार दिइनेछ ।

मदन पुरस्कार गुठीका अनुसार पुरस्कारका निम्ति प्राप्त भएका १ सय ९५ पुस्तकमध्येबाट ‘श्रेष्ठ सूची’ छनोट गरिएको हो । गत वर्ष ७ पुस्तकको ‘श्रेष्ठ सूची’ निकालेको गुठीले यसपाली ९ पुस्तकको नाम छनोट गरेको छ । विगतका वर्षहरुमा एकैचोटि विजेताको नाम सार्वजनिक गर्ने गरेको गुठीले ०७२ सालबाट श्रेष्ठ सूची सार्वजनिक गर्ने चलन सुरु गरेको हो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू