अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:५३ | Colorodo: 17:08

अमेरिका बाहेक ‘जी ट्वेन्टी’का सबै सदस्य मुलुक प्यारिस जलवायु सम्झौताको पक्षमा

बिआरटीनेपाल २०७४ असार २४ गते ११:५६ मा प्रकाशित

जलवायु परिवर्तनलाई लिएर अमेरिका र अन्य सदस्य राष्ट्रबीच देखिएको गतिरोध अन्त्य गर्दै संयुक्त वक्तव्यमा सहमति भएको छ । विश्वका २० ठूला अर्थतन्त्र भएका मुलुकहरुकोे समूह जी ट्वेन्टीको शिखर सम्मेलनमा सो वक्तव्यमा सहमति भएको हो ।

वक्तव्यमा अमेरिका बाहेक सबै सदस्य मुलुकले प्यारिस जलवायु सम्झौता अपरिवर्तनीय रहेको भन्दै त्यसको कार्यान्वयन गर्न अघि बढ्न सहमति जनाएका छन् । यता ट्रम्पको अमेरिका फर्स्ट नीतिसँग तादाम्यता मिलाउन बाँकी विश्वले संघर्ष गरिरहेको आशंका गरिएको छ ।

शुक्रबार भएका वार्ताहरुलाई अत्यन्तै कठिन भनिएको शिखर सम्मेलनमा बढ्दो तापक्रम नियन्त्रण सम्बन्धी प्यारिस सम्झौता अस्वीकार गर्ने अमेरिकी निर्णयलाई स्वीकार गरिएको भएपनि भविष्यमा लामो समय सम्म कोइला र तेलको प्रयोगलाई अनुमोदन हुने गरी भाषा राख्नुपर्ने अमेरिकी अडान भने पूरा हुन सकेन।

शिखर सम्मेलन स्थल ह्यामबर्गमा हिंसात्मक प्रदर्शनको दोस्रो रातपछि पछिल्लो सहमतिको खबर आएको हो। शुक्रबार जी ट्वेन्टी शिखर बैठकका बेला विरोध प्रदर्शन गर्नेहरुको भिडसंगको झडपमा कम्तीमा एकसय साठीजना प्रहरीहरु घाइते भएका छन्। त्यस क्रममा ६० जना भन्दा बढीलाई गिरफ्तार गरिएको छ। छिटपुट हिंसाका माझ भैरहेको विरोध प्रदर्शनका क्रममा भिड नियन्त्रण गर्न प्रहरीले अष्ट्रियासम्म सहयोगका लागि आह्वान गरेको छ। अहिले नै त्यहाँ बीस हजार प्रहरीहरु परिचालन गरिएको छ ।

 

प्रतिक्रिया