अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:२३ | Colorodo: 05:38

नक्कली जग्गा धनिबनी ठगी गर्ने मालपोत कार्यालय बाँकेका कर्मचारी सहितको ठुलो गिरोह पक्राउ

बिआरटीनेपाल २०७४ असार २४ गते ११:२७ मा प्रकाशित

नक्कली जग्गा धनि बनी जग्गा ठगी गर्ने मालपोत   कार्यालय बाँकेका कर्मचारी सहितको ठुलो  गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । साविक कारकादौं गाविस २ हाल नेपालगन्ज उपमहानगरपालिका १८ का ७८ बर्षिय मालती कुम्हारको १२ कठ्ठा १६ धुर अन्दाजी एक करोड दुईलाख ४० हजार रुपिया मुल्यको जग्गाको जग्गा धनि उपस्थित नै नभई जग्गा धनिको ल्याप्चे सहिछाप किर्ते गरी संरक्षक समेत नक्कली बनाई २०७३ असार ३१ गते मालपोत कार्यालय बाँकेबाट राजिनामा पास भएको पाइएको छ ।

साबिक रनियापुर १  हाल खजुरा गाउँपालिका ८ का मो.ईसहाक खाँको नाममा राजिनामा पास गरी उक्त जग्गा तत्काल अन्य व्यक्तिहरुको नाममा राजिनामा पास गरी ठगी गरेको पाइएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक टेकप्रसाद राईले जानकारी दिए ।घटनामा जग्गा लिने  रनियापुरका मो. ईसहाक खाँ, नेपालगन्ज ९ का उदितप्रसाद कहार, नेपालगन्ज १० का निरंकार बिश्वकर्मा, नेपालगन्ज १८ का मिरा अहिर, बर्दिया ठाकुरबाबा ६ का हरिबहादुर बुढा, खजुरा  ७ का सुशीलकुमार प्रजापती, बढैयाताल २ का सुर्यलाल कुम्हार, नेपालगन्ज १४ का ओमप्रकाश मिश्रा, ५ का राजा खाँ, खजुरा ८ का सोफिया खाँको संलग्नता रहेको प्रहरीले जनाएको छ ।

यसैगरी मालपोत कार्यालय बाँकेका मालपोत अधिकृत पुष्पा श्रेष्ठ, नायब सुब्बा चन्द्रबहादुर डांगी र रामबहादुर खड्का मालपोत कार्यालयमा राजिनामा पास गराउने कार्यमा संलग्न भएको प्रहरीले जनाएको छ ।उदितप्रसादले  जग्गा दिनेको औठा छाप किर्ते गरेको पाइएको छ भने  निरंकारले जग्गाधनीको नक्कली छोरा संरक्षक बनेको पाइएको प्रहरीले जनाएको छ ।मो.ईसहाक खाँ बाट जग्गा लिने ब्यक्तिहरु नेपालगन्ज १० का अमितकुमार बस्नेत, प्रतिक्षा शाह बस्नेत र संगीता शाही मल्ल रहेका छन् ।

संलग्नलाई मुलुकी ऐन ठगी महलको ४ नं. बमोजिम बिगो भराई बिगो बमोजिम सजाय र ५ वर्ष सम्म कैद हुने व्यवस्था रहेको प्रहरीले जनाएको छ ।उक्त घटनामा संलग्न व्यक्तिहरु र कर्मचारीहरु बिरुद्ध ठगीको महल अन्तर्गत कारबाहीको मागदावी लिइ असार १८ गते बाँके जिल्ला अदालतमा मुद्दा दायर भएकोमा शुक्रबारे बाँके जिल्लाको आदेशले प्रतिवादी उदित प्रसाद कहार पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

यसैगरी अन्य प्रतिवादी सुर्यलाल कुम्हार, मिरा अहिर, पुष्पा श्रेष्ठ, राजा खाँ, राम बहादुर खड्का र चन्द्र बहादुर डाँगी जनही ४० हजार धरौटी तारेखमा रिहा भएको प्रहरीले जनाएको छ । जिल्ला समन्वय समिति बाँकेका कार्यक्रम अधिकृत मिनबहादुर मल्लका अनुसार निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तर्गत पर्साका सांसदको ५० लाख रुपियाको कार्यक्रम बाँकेमा आएको छ । जस अनुसार जिल्ला समन्वय समिति बाँकेमा भेरी अञ्चल अस्पताल नेपालगन्जमा विरामी कुरुवा टूस र ट्याक्टर खरिदका लागि कार्यक्रम पेश भएको जानकारी मल्लले दिए  ।  नेपालगन्ज उपमहानगरपालिकामा नव निर्वाचित प्रमुख डा.  राणालाई यसबारेमा ध्यानाकर्षण गराएको एकजना नव निर्वाचित सदस्यले बताए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू