अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:४८ | Colorodo: 21:03

एएनएचएस स्वास्थ शिविरबाट नेपाली समुदाय लाभान्वित

बिआरटीनेपाल २०७४ असार २४ गते ८:०५ मा प्रकाशित

अमेरिका नेपाल सहयोगी समाजले डिसी क्षेत्र वरपरका नेपाली समुदायले लाभ उठाउन सकुन भन्ने हेतुले नेपाली पाठशालाको सुरुवातसँगै अझ समाज सेवामा थप योगदान दिने उद्देश्यले स्वास्थ्य शिविरलाई दीर्घकालीन योजना बनाई निःशुल्क स्वास्थ्य शिविर सञ्चालनको श्रीगणेश गरेको छ । 

सन् २००८ मा डिसी क्षेत्रको भर्जिनियाको मनासस सहरमा स्थापित गैर मुनाफा सामाजिक संस्था डिसी क्षेत्रको क्रियाशील संस्था मध्ये कै एक हो l स्थापना काल देखि नै सशक्त रूपमा समाजमा अनेक क्रियाकलाप गर्दै आएको एएनएचएस सन् २०१५ मा नेपालमा भूकम्प जाँदा अमेरिकाबाट सबै भन्दा पहिला नेपाली समुदायको प्रतिनिधित्व गर्दै एक उद्धार टोली मानवीय सेवा गर्न नेपाल जाने पहिलो संस्था बन्न पुगेको थियो l

संस्थाले गत वर्ष देखि अमेरिका नेपाल शिक्षा सदन नामक नेपाली पाठशाला स्थापना गर्दै यस भेकका अमेरिकामा जन्मेका बालबालिकालाई समेत नेपाली भाषा लेख र बोल्न को साथै अन्य विविध क्रियाकलापमा संलग्न गर्दै आएको छ भने अर्को परियोजना स्वास्थ्य शिविरलाई उच्च प्राथमिकतामा राखेको छ l 

यसै क्रममा गत जून २७ तारिखका दिन भर्जिनियाको मनाससमा स्वास्थ्य शिविर सम्पन गर्‍यो l उक्त स्वास्थ्य शिविरमा डिसी महानगर क्षेत्रका ६० जना बिरामीहरुको निःशुल्क स्वास्थ्य परीक्षण गरी आवश्यक परामर्श दिइनुका साथै रगत जाँच समेत गरिएको थियो।

शिविरमा विशेष गरी स्वास्थ्य बिमा नभएका, जेष्ठ नागरिक र अझ स्वास्थ्य परामर्श लिन चाहने व्यक्तिहरूलाई सेवा प्रदान गरिएको थियो । उक्त शिविर सफल रूपमा सम्पन्न गर्नको लागि सहयोग गर्नु हुने चिकित्सक रोशन मैनाली, चिकित्सक सपना मैनाली, चिकित्सक अनिल सुवाल, चिकित्सक लिलि केसी, इएमटि मधुसुदन पन्थि, स्वास्थ्य परिचारिका अप्सरा अर्याल लगायत नर्स पूर्ण घिमिरे तथा नर्स नारायण गौतम रहेका थिए l 

संस्थाको सम्पूर्ण क्रियाशील सदस्यहरू तथा मनाससबासी नेपालीहरूको सक्रियतामा शिविर सफलतापूर्बक सम्पन्न भएको हो । सस्थाका संरक्षक मधुसुदन पन्थि तथा अल्टमेट मेडिकल सेन्टरका अध्यक्ष पदम रेग्मीले स्वास्थ शिविर सम्पन्न गर्नको लागि भवन तथा स्वास्थ्य सामाग्री निःशुल्क उपलब्ध गराएका थिए l

अमेरिका नेपाल सहयोगी समाजले प्रदान गर्ने गरेका सेवा मूलक कार्यक्रम मध्ये कै यस्तो स्वास्थ्य शिविर पहिलो हो l त्रैमासिक रूपमा यस्ता स्वास्थ शिविर सञ्चालन गर्दै लग्ने सस्थाको योजना रहेको छ l अमेरिका नेपाल सहयोगी समाजले स्थापना काल देखि नै परम्परा, संस्कृति तथा सहयोगी भावनालाई प्रबर्धन गर्दै आई रहेको छ।

यसै गरी आगामी स्वास्थ्य शिविर अगस्त ५ तारिखका दिन बिहान ८ बजे देखि ४ बजे सम्म हुने छ भने उक्त निःशुल्क स्वास्थ्य परीक्षण को अलभ उठाउन नेपाली समुदायलाई आग्रह संस्थाले जानकारी गराएको छ l विस्तृत जानकारीको लागि संस्थाको वेबसाइट हेर्न सक्नु हुनेछ l

प्रतिक्रिया