अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:०६ | Colorodo: 21:21

धैर्यताले मात्र सफलता मिल्छः सङ्गीतकार बास्कोटा

बिआरटीनेपाल २०७४ असार २४ गते ७:५७ मा प्रकाशित

काठमाडौँ । वरिष्ठ सङ्गीतकार सम्भुजीत बास्कोटले एक सफल कलाकार बन्न धैर्यताका साथसाथै सहनशीलता आवश्यक पर्ने बताएका छन् ।
श्निबार काठमाडौंस्थित संवाद डबलीमा गलकोट म्युजिक प्रा.लिको आयोजनामा ‘स्रष्टा सम्मान–२०७४’ मा बोल्दै सङ्गीतकार बास्कोटाले कलाकारलाई आफ्नो कर्मलाई सम्मान गर्न सिक्नु पर्ने बताए । उनले नेपाली साङ्गीतिक आकश निरनतर रूपमा विस्तार तथा विकास भएको बताउँदै भने, ‘हिजोको समयमा हामीले यस क्षेत्रलाई हाँकेका थियौँ अब यसको जिम्मेवारी नवयुवा युवतीको हातमा आएको छ ।’

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका बास्कोटाले कला संगीतकर्मीलाई मात्र नभएर रंगकर्मीहरु पत्रकार र मोडललाई संवाद डबलीमा एकसाथ सम्मान गर्न पाउँदा खुसी लागेको बताए ।

त्यस्तै वरिष्ठ लोक गायक रेसम सापकोटाले नेपाली लोक सङ्गीतमा भित्रिएका विभिन्न विकृति विसंगतिलाई सम्मान कार्यक्रमले चिरफार गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताए । गीतकार धुर्बराज खड्काले नेपालको लोक संगीतिक क्षेत्रको रक्षा गर्न कलाकारले बढी मेहनत गर्नुपर्ने धारणा राखे ।
आलाप रेकर्डिङ् स्टुडियो तथा तरेली सङ्गीत कुञ्जको सहयोगमा भएको कार्यक्रममा झलक संगीतम, रेसम सापकोटा, राजु परियार लगायत डेढ दर्जन गीत तथा संगितकर्मीहरु सम्मानित भएका थिए । उनीहरूलाई सम्मानपत्र र मायाको चिनोले सम्मान गरिएको थियो ।

गल्कोट म्युजिक प्रालिका अध्यक्ष रामु विरहीले नेपाली कला संस्कृतिको संरक्षणको लागि आफू सधैँ खटिएर लाग्ने प्रण गरेका थिए । कार्यक्रम संचारकर्मी जसिन्द्र श्रीपालीले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया