अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:१० | Colorodo: 19:25

नवराज सिलवालको मुद्दामा सर्वोच्च अदालतले के भन्यो ?

बिआरटीनेपाल २०७४ असार २३ गते ६:५७ मा प्रकाशित

काठमाडौँ, २२ असार । प्रहरी महानिरीक्षक नियुक्तिको विवादमा नेपाल प्रहरीका नायब महानिरीक्षक नवराज सिलवालको मुद्दामा आगामी साउन १९ गते सुनुवाइ हुने भएको छ ।

कामु प्रधानन्यायाधीश गोपाल पराजुली, न्यायाधीश ओमप्रकाश मिश्र, केदारप्रसाद चालिसे, शारदाप्रसाद घिमिरे, मीरा खड्का, प्रकाशमानसिंह राउत र पुरुषोत्तम भण्डारीको पूर्ण इजलासले सुनुवाइ हुने मिति तय गरेको अदालतका प्रवक्ता महेन्द्रनाथ उपाध्यायले जानकारी दिनुभयो ।

प्रहरी नायब महानिरीक्षक जयबहादुर चन्दलाई प्रहरी महानिरीक्षकमा बढुवा गर्ने सरकारको निर्णयविरुद्ध सिलवालले गत चैत ३० गते रिट निवेदन दिनुभएको थियो । अदालतको उक्त निर्णयलाई कार्यान्वयन नगर्न अदालतले अन्तरिम आदेश दिएको थियो । सो आदेशपछि सरकारले प्रहरी नायब महानिरीक्षक प्रकाश अर्याललाई प्रहरी महानिरीक्षक बनाउने निर्णय गरेको थियो ।

सिलवालले वरियता क्रममा आफू १ नंमा रहेको र चार वर्षको कार्यसम्पादन र मूल्याङ्कनका आधारमा आफू अर्यालभन्दा अगाडि रहेको जिकिर गर्दै पुनः अदालतमा निवेदन दिनुभएको थियो । त्यसमा अदालतले सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको थियो । रासस

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू