अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:०९ | Colorodo: 14:24

यस्तो छ विराटनगर महानगरपालिकाको पछिल्लो मत परिणाम

बिआरटीनेपाल २०७४ असार २३ गते ४:१३ मा प्रकाशित

मोरङ जिल्लाको विराटनगर महानगरपालिकामा नेपाली कांग्रेसको अग्रता कायमै रहेको छ । पछिल्लो मत परिणाम अनुसार विराटनगर महानगरपालिकामा नेपाली कांग्रेसका मेयर पदका उम्मेदवार भिम पराजुलीले १४ हजार ४ सय ४४ मतका साथ अग्रता कायम राखेका हुन् ।

पराजुलीका प्रतिद्वन्दीहरु एमालेका उम्मेदवार विनोद प्रसाद ढकालले ११ हजार १ सय ५४ मतका र संघीय समाजवादी फोरमका उमेश कुमार यादवको भने १० हजार ३ सय ४१ मतले उनलाई पछ्याई रहेका छन् ।

त्यस्तै उपमेयरमा पनि नेपाली कांग्रेसकै अग्रता छ । नेपाली कांग्रेसकी उपमेयरकी उम्मेदवार इन्दिरा कार्की ९इन्दु० ले १२ हजार ६ सय १६ मतसहित अग्रता कायम गर्दा माओवादी केन्द्रकी नमिता न्यौपानेले ८ हजार २२ मत र लोकतान्त्रिक फोरमकी सूची चौधरीले भने ७ हजार १ सय ७६ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू