अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:१९ | Colorodo: 11:34

काँग्रेसकै कारण मन्त्रीमण्डल विस्तारमा ढिलाई भएको हो – प्रवक्ता भुषाल

बिआरटीनेपाल २०७४ असार २२ गते १०:०१ मा प्रकाशित

नेकपा माओवादी केन्द्रका प्रवक्ता पम्फा भुषालले सरकारमै रहेको नेपाली काँग्रेस भित्रको आन्तरिक विवादका कारण मन्त्रीपरिषद् विस्तारमा ढिलाई भएको बताउनु भएको छ ।  रफत सञ्चार क्लबले आज आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै प्रवक्ता भुषालले नेकपा माओवादी मन्त्रीमण्डल विस्तारका लागि तयार रहेको भन्दै यस्तो बताउनु भएको हो ।

काँग्रेसभित्र कै आन्तरिक विवादका कारण प्रधानमन्त्री समेत रहनुभएका काँग्रेस सभापति शेरबहादुर देउवा तत्काल मन्त्रीमण्डल विस्तार गर्ने पक्षमा नरहेको उहाँको भनाई छ ।

दोस्रो चरणको स्थानीय तह निर्वाचन शान्तिपूर्ण भएको दाबी गर्दै उहाँले तेस्रो चरणको निर्वाचन पनि यहि सरकारले तोकिएकै समयमा गर्ने उहाँले बताउनुभयो । राजपाले पनि निर्वाचन आयोगमा दल दर्ताका लागी प्रक्रिया अघि बढाएकोले बाँकी निर्वाचनमा राजपाको पनि सहयोग समर्थन सहभागीता रहने उहाँको भनाई छ ।

उहाँले सरकारले स्थानीय तहलाई प्रदान गरिसकेका कुनैपनि खालका अधिकारहरु कटौती हुन नसक्ने बताउनु भएको छ । उहाँले विगतमा विभाजनको रुपमा देखिएका माओवादी शक्तिहरुबीच एकिकरणको प्रयास पनि पाटीभित्र भैरहेको जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू