अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:३७ | Colorodo: 23:52

अमेरिकाको फिल्म फेस्टिभलमा रमेश राईको ‘माई प्रमिश’

बिआरटीनेपाल २०७४ असार २१ गते १७:३८ मा प्रकाशित

नायक तथा निर्माता रमेश चन्द्र राई ‘माई प्रमिस’ लिएर न्यु योर्क पुगेका छन् । नेपाली फिल्म क्षेत्रमा विगत १२ वर्ष देखि निरन्तर लाग्दै आएका रमेश राई ‘माई प्रमिस’ लिएर अमेरिकाको न्युर्योक पुगेका हुन् । सन् २००५ मा न्याउली म्युजिक भिडियोबाट फिल्म क्षेत्रको यात्रा सुरु गरेका रमेश राईले दर्जन भन्दा बढी भिडियो तथा ‘आरम्भ’ नामक एकल भिडियो, ‘फर्चुन अ लाइफ’ मुभीमा डेव्यु गरेका राईको ‘माई प्रमिस’ सुरज सुब्बा नाल्बोले डाइरेक्सन गरेका छन् ।

‘माई प्रमिस’ व्यवसायीकरुपमा स्थापित बनाउँदै लगेका राई आगामी दिनमा आउने जिग्रीको तयारीमा रहेको बताएका छन् । उनले अमेरिकामा भइरहेको नेपाली फिल्म फेस्टिभलका लागि अमेरिकाका विभिन्न सङ्घ संस्था तथा सम्बन्धित निकायसँग सहकार्यका लागि व्यस्त भएको बताएका छन् ।

ग्रीन इन्टरनेशन क्लब नेपालको अध्यक्ष समेत रहेका राई निकट भविष्यमै आउन लागेको मेङ्ग हाङ्ग फिल्मस कम्पनी न्युयोर्कको व्यानरमा आउन लागेको ‘रैतीको राजा’ नामक फिल्ममा मुख्य भूमिकाका लागि प्रोड्युसर सुरज नाल्बोसँग सम्झौता भइसकेको पनि जानकारी दिएका छन् ।

न्युयोर्कमा रहेका राईले युनाइटेड किराँत राई अर्गनाइजेशन न्युयोर्कको कार्यक्रमहरूमा पनि सहभागिता जनाइरहेका छन् । नेपाली चलचित्र सङ्घ, नेपाल कलाकार सङ्घको आजीवन सदस्य रहेका राई भविष्यमा फिल्म उद्योगलाई सकारात्मक परिवर्तनसहित सफलताको उचाइमा पुर्याउनका लागि सदैव लागि पर्ने बताएका छन् ।

यसभन्दा अगाडि मई २० का दिन क्विन्सको ज्याक्सन हाइटमा प्रर्दशन भइसकेको माई प्रमिस’ दोस्रो सो अमेरिकाको न्युर्योकमा जुलाई ९ का दिन दिउँसो ३ बजे 400876 street, Elmhurst NY 11373 मा प्रर्दशन गरिने पनि राईले जानकारी दिएका छन् । साथै राईले ‘माई प्रमिस’ हेरेर नेपाली फिल्मलाई माया गरिदिन तथा जीवन्त बनाइदिनका लागि न्युर्योकवासीहरुको उपस्थिति अविस्मरणीय रहने भन्दै सबैलाई उपस्थित भइदिनपनि अनुरोध गरेका छन् ।

विभिन्न बाध्यता र विवषताले दलालको भर परेर सिंगापुर लगायतका देशमा पुगेर दुःख पाएका नेपालीको जीवनकथामा आधारित रहेको माई प्रमिस अमेरिकाका विभिन्न राज्यमा प्रदर्शन गर्दै युरोप र खाडीका देशमा रहेका नेपालीहरूका माझ पनि प्रदर्शन गरिने राईले थप जानकारी दिएका छन् ।

प्रतिक्रिया