अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:४८ | Colorodo: 19:03

टेक्ससमा भएको सकर प्रतियोगितामा डिसीएफसी विजयी, छ हजार डलर नगदको पुरस्कार

बिआरटीनेपाल २०७४ असार २० गते १२:२३ मा प्रकाशित

अमेरिकाको टेक्सस राज्यको ड्यालसमा सम्पन्न दोस्रो नेप्लीज अमेरिकन कन्भेन्सन (सम्मेलन)मा भएको सकर प्रतियोगितामा डिसीएफसी विजयी भएको छ । डिसीएफसीले बाल्टिमोर सकर टोलीलाई फाइनलमा हराई ६ हजार डलरको नगद तथा पदक/पुरस्कार प्राप्त गरेको छ ।

अमेरिकाको नेपाली समुदाय कै अहिले सम्मकै खेल मध्येकै सर्वाधिक ठुलो धनराशीको प्रतियोगिताको पुरस्कार डिसीएफसीले हासिल गरेको छ । गत जुलाई २ तारिख खेलिएको खेलमा डिसी क्षेत्रको नेपाली समुदायको चर्चित सकर टोली डिसी फुटबल क्लबले बाल्टिमोर सकर टोलीलाई २-१ ले पराजित गर्दै दोस्रो नेप्लीज अमेरिकन सम्मेलनको भकुण्डो प्रतियोगितामा प्रथम स्थान हासिल गरेका छन् ।

अन्तिम खेलमा डिसीएफसीका लोप्साङ्ग तेन्जिनले दुई गोल गरे भने उनी नै प्रतियोगिताको उत्कृष्ठ खेलाडी घोषित भए । डिसीएफसीका कप्तान विज्ञान श्रेष्ठको नेतृत्वमा गएको सशक्त सकर टोलीले उत्कृष्ट खेल प्रदर्शन गरेको थियो भने झन्डै ११ वर्ष पछि महत्त्वपूर्ण प्रतियोगितामा डिसीएफसी विजयी भएको हो ।

डिसीएफसीले युवा खेलाडी रिजन खत्रीलाई विशेष धन्यवाद दिएको छ । खत्री विगतमा डिसी क्षेत्रमा बसेता पनि बसाई सराई गरी अन्य राज्यमा गई हाल अमेरिकन सेनामा संलग्न रहेता पनि प्रतियोगिताको लागि डिसीएफसीको तर्फबाट सहभागी भएका थिए ।

गत जुन ३० देखि जुलाई २ सम्म सम्पन्न भएको नेप्लीज अमेरिकन सम्मेलनमा अमेरिकाका विभिन्न राज्यहरूबाट १२ वटा खेलकुद टोलीहरु सहभागी भएका थिए । यसै गरी बास्केट बलमा ८ वटा टोली, भलिबल ५ वटा टोली, क्रिकेट ४ वटा टोली तथा महिला तथा बालबालिकाका भलिबल र बास्केट बल खेल पनि संलग्न रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू