अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:२८ | Colorodo: 04:43

ऊद्योगपति वरुण चौधरी भारतीय ऊद्योगपति मुकेश अम्बानीको प्रशंसक

बिआरटीनेपाल २०७४ असार १९ गते २२:२७ मा प्रकाशित

नेपालका एकमात्र डलर विलिनियर, उद्ध्योगपति विनोद चौधरीका कान्छा छोरा वरुण चौधरी चर्चित भारतीय ऊद्योगपति , रिलायन्स ईन्डस्ट्रीजका मालिक समेत रहेका भारतका सबैभन्दा धनी मुकेश अम्बानीको प्रसशंक भएको खुलासा भएको छ | मिडियामा आउन कम रुचाऊने वरुण चौधरीको यो खुलासा चर्चित भारतीय पत्रिका टाईम्स अफ ईण्डीयाले गरेको हो | टाईम्स अफ ईण्डीयासंग बोल्दै सिजी ग्लोबल कर्पका एक्ज्यूकेटीभ डिरेक्टर समेत रहेका चौधरीले अम्वानीका संसारमा रहेका हजारौँ फ्यानहरु मध्ये एक आफू हुनुमा अम्वानी ईण्डियाकै सर्वाधिक धनी भएर मात्र होइन ऊनका पिता धिरुभाई अम्बानीको विरासतलाई लगनसिलताका साथ सम्हालेर विकासको त्यो उच्च स्थान दिन सफल भए जसले अम्वानी भारतको मात्र होइन विश्वकै धनाढ़्य व्यापारी बनेको कारण खुलाएका छन् | 

भारतीय व्यापारीहरू , कलाकारका साथै राजनैतिक व्यतीहरुसंग समेत राम्रो सम्बन्ध बनाउन सफल वरूण चौधरी अहिलेका उर्जाशील उद्ध्यमी हुन्। आफ्ना जिबा भुरामल चौधरी, बाजे लुरकरणदाश चौधरी को सानो व्यापार र उद्ध्योग लाई विश्वव्यापी बनाउने आफ्ना पिता विनोद चौधरीलाई आफ्नो प्रेरणाको श्रोत बताऊछन् | सत्ताइस भन्दा बढी देशहरूमा व्यापार गरिरहेको सिजीलाई विश्वभर पुर्‍याउन लागिपरेका ऊनको विचारले सिङ्गो भारतलाई नै तरंगित बनाएको बताइएको छ | 

केही महिना अधि मात्र चर्चित भारतीय हिरा व्यापारीकी छोरी अनुश्री तोङ्या सँग विवाहवन्धनमा बांधीएका ऊनको राजसी ठाँटको विवाह समेत दक्षिण एसियाको मिडियामा चर्चित बनेको थियो | उक्त विवाहमा श्रीलंकाका प्रधानमन्त्री देखी भारतीय कलाकार एंव एम पी सत्रुध्न सिन्हा, बलिऊड सुपरस्टार सलमान खान समेतको उपस्थिति थियोभने विवाहमा गायक मिक्का सिंह र सैमक डाभर डान्स समूह आदिको प्रस्तुति समेत राखी निकै नै तामझामका साथ सम्पन्न गरिएको थियो | 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू