अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:१६ | Colorodo: 12:31

प्रियंका र सन्दीपका साथ ह्युस्टनमा नेपाली नाइट धमाका हुँदै

बिआरटीनेपाल २०७४ असार १९ गते ११:४८ मा प्रकाशित

नेप्लिज हेरिटेज युनियन Nepalese Heritage Union- NHU) को आयोजनामा आगामी आइतबार, जुलाई ९ को साँझ ह्युस्टनमा नेपाली साङ्गीतिक कार्यक्रम ‘नेपाली नाइट धमाका'(Nepali Night Dhamaka) हुने भएकोछ। चर्चित हास्यकलाकार सन्दीप क्षेत्री र नेपाली सिनेमाकी निकै मन पराइएकी नायिका प्रियंका कार्कीको मुख्य प्रस्तुति रहने उक्त साङ्गीतिक जमघटमा डिजे अनुप, डिजे पल, समसारा व्याण्ड (Samsara Band) र स्थानीय कलाकारहरूले रुकिन, ह्युस्टन स्थित Baker Ripley Neighborhood Center को हललाई करिब पाँचघण्टा मनोरन्जनात्मक बनाउनेछन्।

स्थापनाको केही महिना भित्रै NHU ले पहिलो पटक आयोजना गर्नलागेको यो साङ्गीतिक जमघटलाई सबैखाले नेपाली सहभागीहरुका निम्ति भरपुर मनोरन्जनात्क बनाउने प्रयासमा आयोजकहरु लागिपरेकाछन्। आयोजकहरुले अनुसार कार्यक्रमबाट संकलित रकम NHU द्वारा सञ्चालित सामुदायिक हितका कामहरुका लागि उपयोग गरिनेछ। नेपाली गीत-सङ्गीत, नृत्य, हाँस्यव्यंग, कविता-गजल वाचन लगायत ह्युस्टनका चर्चित डिजेहरुको संयोजनको नेपाली नाइट धमाका आगामी आइतबार साँझ ८.३० बजेबाट सुरु भएर करिब ५ घण्टासम्म चल्नेछ। अतिरिक्त सेवा सहित २५ डलर देखि ६० डलर सम्म प्रवेश शुल्क निर्धारित टिकट ह्विभिन्न स्थानहरुबाट खरिद गर्ने व्यवस्था आयोजकहरुले गरेकाछन् ।

प्रतिक्रिया