अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:२२ | Colorodo: 20:37

नेपाल मुक्तक प्रतिष्ठानको ‘मुक्तक मेला’मा एक दर्जन मुक्तककारको प्रस्तुती

बिआरटीनेपाल २०७४ असार १८ गते ५:१४ मा प्रकाशित

नेपाल मुक्तक प्रतिष्ठानको नियमित मुक्तक वाचनको ११ औं श्रृंखला अन्तर्गतको मुक्तक मेलामा एक दर्जन मुक्तककारहरुले ५।५ वटा मुक्तक वाचन गरेका छन् । शनिबार कालिकास्थानस्थित सर्वनामको नाट्यशाला भवनमा गीतकार रत्न शमशेर थापाको प्रमुख आतिथ्य तथा नेपाल मुक्तक प्रतिष्ठानका अध्यक्ष रामकाजी कोनेको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा राधेश्याम लेकाली, आनन्द भट्टराइ, एलिशा एकलास, नवीन चिराग, शान्ति शर्मा, राजन सिलवाल, शुषमा मानन्धर, राम अविरल विष्ट, सानु आरोही, वसन्त क्षितीज, सुस्मिता जिज्ञाशु तथा गंगा पौडेलले मुक्तकहरु वाचन गरेका हुन् ।

यस कार्यक्रममा मुक्तक वाचन गर्ने सबै मुक्तककारहरुलाई प्रमुख अतिथि रत्न शमशेर थापाले प्रसंशापत्र प्रदान गरेका थिए भने कार्यक्रमको प्रारम्भमा प्रतिष्ठानका सचिव वादल घिमिरेले स्वागत र कार्यक्रम संचालन प्रतिष्ठानका सदस्य यादव भट्टराइले गरेका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू