अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:२७ | Colorodo: 06:42

६ देशका नागरिकलाई अमेरिका आउन प्रतिबन्ध गर्ने ट्रम्पको नीतिलाइ सर्वोच्चले सदर गर्‍यो

बिआरटीनेपाल २०७४ असार १७ गते ४:४३ मा प्रकाशित

५ महिनादेखी चर्चामा रहेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीति सदर भएको छ । मुस्लिमबहुल ६ देशका नागरिकलाई अमेरिका आउन प्रतिबन्ध गर्ने ट्रम्पको नीतिलाई बिहीबार अमेरिकी सर्वोच्च अदालतले मुस्लिमबहुल रहेका इरान, सोमालिया, लिबिया, सुडान, सिरिया र यमन गरी ६ देशका नागरिकमाथि अमेरिका यात्रामा प्रतिबन्ध लगाउने कानुन लागु गर्ने घोषणा गरेसंगै राष्ट्रपति ट्रम्पको नीति सदर भएको हो ।

यी ६ देशका नागरिकमाथि अमेरिका यात्रामा प्रतिबन्ध लगाउने कानुन घोषणा ट्रम्पले आफु राष्ट्रपति भएलगत्तै गरेका थिए । गत फेबु्रअरमिा ट्रम्पले जारी गरेको कार्यकारी आदेशले भिसा प्राप्त गरिसकेका सात मुस्लिम बाहुल्य देशका नागरिकका भिसा खारेज गर्दै अमेरिका आउनमा प्रतिबन्ध लगाउने कुरा उल्लेख गरेको भएपनि नयाँ कार्यकारी आदेशमा यात्रा प्रतिबन्ध लगाउने पूरानै आदेशको पुनरावलोकन भएको बताइएको छ जसमा ट्रम्पले हस्ताक्षर गरेको नयाँ आदेशमा पहिले नै भिसा लिइसकेका र ग्रिनकार्ड भएका मुस्मिल बाहुल्यता भएका सात देशका नागरिकहरुलाई अमेरिका यात्रामा प्रतिबन्ध लगाइने छैन भन्ने कुरा उल्लेख थियो ।

आफ्ना अभिब्यक्तीका कारण पटक पटक बिबादमा मुछिदैं आएका ट्रम्पल प्रसासनले कानुनी मान्यताप्राप्त भिसा भएका नागरिकलाई समेत विभिन्न विमानस्थलमा रोक लगाउनु र कतिपयलाई स्वेदश फिर्ता गरिएको गरिएको समाचारले अमेरिका भर ट्रम्पको विरोध भएको थियो ।

बिहिबार भएको अमेरिकी सर्बोच्च अदालतको फैसलामा उक्त कानुन पूर्ण रूपमा प्रतिबन्ध लगाउने गरी नभई आंशिक कार्यान्वयनका लागि फुकुवा गरिएको छ । पहिले नै प्रवेशाज्ञा भएका नागरिक, अमेरिकामा स्थायी रूपमा बसोबास गर्ने परिवारका वास्तविक आफन्तजन र त्यहाँ व्यापारिक सम्बन्ध भएका नागरिकका हकमा भने यो कानुन लागू नहुने सर्त फैसलामा उल्लेख छ । अहिलेको लागि ती ६ देशका नागरिकलाई ९० दिनको र शरणार्थीलाई १२० दिनको प्रतिबन्ध लगाउन पाउने अदालतको आदेशमा छ ।

 

प्रतिक्रिया