अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:४२ | Colorodo: 00:57

राष्ट्रपति ट्रम्पको यात्रा प्रतिबन्ध सम्बन्धी कार्यकारी आदेश कार्यान्वयनमा

बिआरटीनेपाल २०७४ असार १६ गते १०:१० मा प्रकाशित

निकै विवादित र केही अमेरिकी अदालतहरुले रोक लगाइदिएको राष्ट्रपति ट्रम्पको अस्थायी यात्रा प्रतिबन्ध सम्बन्धी कार्यकारी आदेश हिजो बिहीबार राती ८ बजेबाट इस्टन समयबाट कार्यान्वयनमा आएको छ । गत एक महिनादेखि सर्वोच्च अदालतमा बिचाराधीन राष्ट्रपतिको आदेशका केही प्रावधानहरुलाई खुकुलो पारेर कार्यान्वयन गर्न सर्वोच्च अदालतले सहमति दिएपछि उक्त आदेश लागू भएको हो ।

अब सिरिया, लेबनन, इरान, सुडान, सोमालिया र यमन सहित मुस्लिम बाहुल्य ६ देशका नागरिकहरू ९० दिनसम्म अमेरिका प्रवेश गर्न पाउनेछैनन् भने १२० दिनसम्म कुनै पनि देशबाट शरणार्थीहरु समेत अमेरिका प्रवेशमा रोक लागेकोछ। राष्ट्रपतिले दोस्रो पटक जारी गरेको यात्रा प्रतिबन्धका केही प्रावधानहरुमा स्रवोच्चको आदेशबाट केही छुट पनि व्यवस्था भएकोछ।

देहायको अवस्थामा यात्रा प्रतिबन्धित मुलुकका नागरिकका हकमा समेत प्रतिबन्धबाट उन्मुक्ति प्राप्त हुनेछ ।

यात्रा प्रतिबन्धबाट उन्मुक्ति
अमेरिकी नागरिकता प्राप्त
कानूनीरुपका स्थायी बासिन्दा (ग्रीन कार्ड भएकाहरु)
हाल अमेरिकी भिसा भएकाहरु
जुन २६, २०१७ भित्र अमेरिकामा नै रहेका र भिसा निवेदन दिएकाहरु
शरणार्थीको निवेदन स्वीकृत भैसकेकाहरु
यात्रा प्रतिबन्ध शुरुहुनु पूर्व नै अमेरिका प्रवेश गरिसकेकाहरु

प्रतिबन्धित देशका नागरिकहरू जसका अत्यन्तै नजिकका पारिवारिक सदस्यहरू (आमा-बुवा, श्रीमान्-श्रीमती, छोरा-छोरी, ज्वाईँ-बुहारी वा दाजु-भाइ) अमेरिकामा रहेको यथेष्ट प्रमाणहरु प्रस्तुत गर्न सक्नेहरुले समेत यात्रा प्रतिबन्धबाट उन्मुक्ति पाउनेछन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू