अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:०३ | Colorodo: 08:18

त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलको आजबाट आधुनिक गुणस्तरिय सरसफाई सुरु (फोटो फिचर)

बिआरटीनेपाल २०७४ असार १५ गते ७:१८ मा प्रकाशित

गैर आवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद् र त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल व्यवस्थापनको संयुक्त आयोजनामा अन्तर्राष्ट्रिय विमानस्थलको आधुनिक र गुणस्तरीय सरसफाई अभियान सुरु।भएकोछ। पर्यटकहरुको नेपाल आगमनलाई आनन्दमय बनाउने उदेश्यले “अतिथि देवो भवः”अभियान अन्तर्गत गैर आवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषदका उपाध्यक्ष तथा नेपाल पर्यटन प्रर्बद्धन समितिका अध्यक्ष श्री भवन भट्ट एवं नेपाल नागरिक उड्डयन प्राधिकरण, त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलका महाप्रबन्धक श्री देवानन्द उपाध्याय बिच हस्ताक्षरित सहमति बमोजिम सरसफाई शुभारम्भ भएको हो। 

“हामी जहाँ बसे पनि नेपाली हौँ, परदेशमा रहेपछि देशको माया झन् बढी लाग्दो रहेछ। त्यसैले हामीले सक्दा देशको लागि केही गर्नै पर्छ। हाम्रो देशको प्रतिष्ठाको महत्त्वपूर्ण स्थान अन्तर्राष्ट्रिय विमनास्थलको सरसफाईमा हामी सबैको चासो हुनै पर्छ”। उपाध्यक्ष भट्टले मन्तव्यका क्रममा भने। भट्टले उत्साहित हुँदै भने, “यही जुनीमा आफ्नो देशको प्रगति हेर्न चाहेका छौँ। कार्यक्रममा नागरिक उड्ययन प्राधिकरण तथा विमानस्थलका उच्चपदस्थ कर्मचारी लगायत एनआरएनका क्षत्रीय संयोजक सोनाम लामा लगाएको उपस्थिति रहेको थियो। 

उक्त कार्यक्रममा गैर आवासीय नेपाली सङ्घ (एनआरएन), अमेरिकाका डिपुटी रिजनल कोअर्डिनेटर सोनाम लामा, नेपाल पर्यटन बोर्डका मुख्य कार्यकारी अध्यक्ष दीपक राज जोशी लागायत पत्रकार बुद्धिजीवी, समाजसेबीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू