अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:१९ | Colorodo: 10:34

गोर्खाल्याण्ड घोषणा गर्न सम्पूर्ण नेपाली भाषा भाषी जनसम्पर्क कमिटीहरु एक हुनु आजको आवश्यकता

बिआरटीनेपाल २०७४ असार १२ गते ११:४२ मा प्रकाशित

आऊ साथ मिलाई हात सबले नेपाली भाषा धनी |
गर्दै अर्पण शंखघोष् विजयको यो मात्र लक्ष्य छनि ||

लक्ष्यमा पुग्न भारतीय नागरिक वासी नेपाली गोर्खालीहरुले उठाएको आवाज मातृभाषा ,पितापुर्खाले अर्जेको मातृभूमि रक्षाकोलागि हो यो आन्दोलन खुनको होली खेल्नु वा एक अर्कालाई होच्याउनु होइन | नेपाली जहाँ रहेपनि उनीहरू गोर्खाली हुन | नेपालीको आफ्नो भूमि हुनुपर्छ भन्ने यो आवाजप्रति सबैले गर्व गर्न सिकौ | दार्जलिङ्गका केही नेताहरूले बोलेको कुरा हाम्रो देशका भिखारी ,लालची,देशद्रोही,लोभी,पापी र भ्रष्ट्राचारी नेता जसलाई देशको माया छैन,जसलाई देश समृद्ध होस् जनता सक्षम र सुभल र शिक्षित बनोस भन्ने छैन राष्ट्र बने विश्वमा शिर उच्चा गर्न सकिन्छ भन्ने छैन उनीहरूलाई त मात्र आफ्नो दुनो सोझ्याउनु छ भलै विदेशीले नाम्लो लगाएर बाधेको राँगा नै किन हुनु नपरोस | यस्ता नेताहरू जसले देशको कौयु भूभाग ,नदी,खोलानाला बनजंगल ,मूर्ती आफ्नो स्वार्थको लागि विदेशीलाई सुम्पिए |

“कुरा गरे कुरैको दुख्ख धेरै बोले अभिशाप” तर पर्देसी भएर अर्काको चाकडी गर्दा . भनाई सहनु मात्र हैन ,चोट,दुख्ख र पिडा ,अत्याचार सबै सहनु र भोग्नु पर्ने यहाँ उल्लेख गर्नु आवश्यक छैन | अनि के गलत छ नेपाली गोर्खालीले गोर्खाल्याण्ड माग राख्दा ? आखिर उनीहरू भारतीय नागरिक भए पनि नेपाली गोर्खालीको गोर्खाल्याण्ड माग गर्दैछ्न | मातृभाषाको रक्षाकोलागि आफ्नो जीवन बलिदान गर्न तयार छ्न | यति मात्र फरक हो उनीहरूले आफूलाई भारतीय भन्दछन दुर्भाग्य नेपालकै देशका सरकार भनाउदा नेताहरूको कारण जसले कहिल्यै आफ्नो भूमिको रक्षाको लागि भारतीय सरकार विरुद्ध सयुक्त राष्ट्र सङ्घमा मुद्दा हाल्न हिच्किचाए किन? नेपाली गोर्खालीहरुलाई भारतीय नागरिक हुन बाध्य बनाएको छ किन ? के गल्ती गर्दैछन र नेपाली गोर्खालीहरुले गोर्खाल्याण्डको माँग गरेर ? न्यायपूर्ण ,शान्तिपूर्ण ,संघर्षशील गोर्खाल्याण्ड निवासी नेपालीहरूलाई इष्ट इन्डिया कम्पनीले निरिह भारतीयहरुलाई वर्वता पूर्वक दमन गरेको इतिहास भन्दा बढी नै भारतीय सरकारले अझै जायजति भारतमै रहेका नेपाली गोर्खालिमाथी गरेको देखिन्छ | चीनले हङकङ र भारतले गोवा फिर्ता लिन हुने, नेपाली गोर्खालीले भारतमै बसोबास गर्दा गोर्खाल्याण्ड लिन किन नहुने ?

 

न वन दास छाड न आस चिन्दैनौ आफैलाई?
अपार ज्ञान आत्मैमा जान के सोध्ने अर्कोलाई ?

विश्वलाई थाहा छ सुगौलीको सन्धि १८१६ बाट अङ्ग्रेजले ओगटेको नेपालको पूर्वको टिष्टा देखि पश्चिमको किल्ला काँडा सम्म र हाल भारतमा रहेको ठुलो तराई भूभाग समेत इष्ट इन्डिया कम्पनीले वैमानी गरी नेपाललाई फिर्ता नगरी गयो त्यै पनि नेपाल र भारतको १९५० को सन्धिले यो भन्दा पहिलेका सबै सन्धिहरु खारेज गर्दा सुगौली सन्धि समेत खारेज भयो | सन्धि त् खारेज भयो तर नेपाली भूभागबाट भारत सरकारको कुनियतले आफ्नो अधिपत्य हटाएन | फलस्वरूप नेपालकै भूमिमा सदियौं देखि बसोबास गर्ने नेपालका नेपाली भाषा भाषी भारतीय नागरिक हौ भन्न बाध्य भए | कारण नेपालको भूभागलाई गाउँको ठुलो जाली सामन्तले जस्तै पूर्वमा वयस्ट बङ्गालको विस्तृत भाग भनियो भने पश्चिम तर्फ उत्तर प्रदेशकै वृस्तित भागको रूपमा नेपाल भूमिको अस्तित्वको घाटी निमोठ्दै निमिसांग पारिदियो | मानौ टिष्टादेखि किल्ला काण्ड्रा सम्मको नेपाली भूभागलाई दन्ते कथामा परिणत भयो | हाम्रा वीर पुर्खाले निर्माण गरेका र लडेका किल्लाहरू, प्रशासकीय इकाहरुका अभिशेष र स्तम्वहरु आजपनि आफ्नै आखाँले देख्न सकिन्छ |

दुर्भाग्य भनौ भारतीय सरकार नेपाली गोर्खाली सैनिकको अनुपस्थितिमा छाती फिजाएर एक मिनेट पनि शान्तिको सास एर्न सक्दैन जो अङ्ग्रेजको गुलाम बनेर कयौ वर्ष दासी बनेर बसे उनीहरू आज शेर जस्तै एक अर्कामा लडाउन र नेपाली नेपाली बिचको ठुलो पर्खाल खडा गरी त्यहाँ नाच्न खोज्दैछ |हाम्रै नेपाली दाजुभाइ गोर्खा सैनिकलाई फिल्डमा उतार्ने र आपसी गोर्खाली बिचको लड़ाईमा खुनको खोलो बगाउने कुनियत र नेपालको भूमि कब्जा गर्ने , मातृभाषामा आफ्नो अधिपत्य जमाउन खोज्दैछ | त्यस्तो बेलापनि हामी नेपाली भाषा भाषी एक आपसमा लड्न खोज्दैछौ अनि स्वार्थी सरकार बादी हाम्रा देशका नेताहरू कुर्सीको लागि एकले अर्कालाई ढाल्ने कुनियतिमा तलिन छन् यस्तो बेला नेपाली गोर्खाली प्रतिको समर्थन, एकजुट ,एकबद्ध हुने समर्थनको बेला कुम्भकर्ण जस्तै निदाएका छ्न | कहिले उनीहरूको राष्ट्रपति ममता जाग्ने प्रश्न चिन्ह खडा भएको छ ? आखिर कहिले नेताको आंगमा घामको किरण पर्ला ?

उपरोक्त पृष्ठभूमिमा भारतले नेपाललाई फिर्ता नदिएको नेपालीभूमि दर्जलिंगमा उत्तर वंगालको बृस्तित भाग भन्दै माध्यमिक शिक्षासम्म वंगाली भाषा अनिवार्य गरेको विरोधमा ” शुभाष घिसिंगको नेतृत्वमा गोर्खाल्याण्डको आन्दोलन अगाडी बढेको छ| तत्कालीन सरकारले पार्वत्य परिषद् दिँदै केही अधिकार दिने सम्झौता गर्‍यो हाल वयस्ट वंगाल सरकारले धर्म ढोँगी नरेन्द्र मोदीको इसारामा नेपालीहरूलाई भाषिक अधिकार नदिने ,भन्दै पहिले दिएको अधिकारलाई समेत खोसेपछि गोर्खाल्याण्डमा नेपालीहरू भारतीय नागरिक हुन बाध्य नेपाली भाषा भाषीहरूले भारतमा रहेका सम्पूर्ण नेपालीहरूको प्रतिनिधित्व स्वरूप गोर्खाल्याण्ड को जायज मागका साथ आन्दोलन सुरु गरे |

भारत सरकारको नेतृत्व गर्ने नरकासुर राक्षस प्रवृति भएको हिन्दु धर्मको खोक्रो खोल ओडेको नरेन्द्र मोदीले जायज र न्यायपूर्ण आन्दोलनलाई अमानविय निर्हिंसक वर्वता कुनै संज्ञा दिएपनि कम हुने दमनिय कुर्चक सञ्चालन गरी आन्दोलनलाई नाटकीय तरिकाले दवाउने प्रयास गरिरहेको घाम जतिकै छर्लङ्ग छ |

गोर्खाली यस्ता नाटकहरू बिच नाच्न र रमाउन मन्जुर छैनन् |उनीहरुलाई आफ्नै पितापुर्खाले खुनको खोला बगाई निर्माण गरेर आर्जेको गोर्खाल्याण्ड चाहिएको छ | नेपाली गोर्खालीको मुटुमा उनै पुर्खाहरुको रगत सल्बलाएको छ | मातृभूमि प्रतिको सम्मान ,संरक्षण,माया र श्रद्धा उनीहरू भन्दा अरू कसले बुझ्न सक्ला ? यति मात्र हो कि गोखालीहरुले गोर्खाल्याण्डको माँगमा यस्ता कुनै भारतीय रणनीति भित्र पसेर सम्झौता नगरुन जो पछि उनीहरूको लागि र नेपाल बासी नेपालीको लागि अभिशाप बनोस् | नेपाली गोर्खालीले जुन सुकै राष्ट्रमा त्यहाको नागरिक भए पनि नेपाली भाषा भाषीको प्रगति,संरक्षणकोलागि कुनै सङ्गठन ,वा थलो गोर्खाल्याण्डको माग गर्छन् भने सम्पूर्ण नेपाली जनसम्पर्क समिति सङ्गठित हुनु जरुरी छ |

भारत भरीका नेपालीहरू अहिले एकजुट भई भारतकै विभिन्न प्रान्तहरुमा ठुलो सङ्ख्यामा आन्दोलित भई नरकासुर अवतार हिन्दु धर्मको कालो खोल ओढेको नरेन्द्र मोदी सरकार र सुर्पणारवा राक्षसि प्रवृति अवतार स्वरूप अहङ्कार रुपी ममता वेनर्जीको विरुद्धमा आन्दोलित भएका छ्न | जसले मानवीयता विर्सेर मानव अधिकारको हनन गर्दै ,मिडिया,इन्टनेट इत्यादिमा दादागिरी र शक्तिको आडमा नेपाली गोर्खाली प्रति इष्ट इन्डिया कम्पनीले दास बनाउँदा दिएको पिडा भन्दा बढी दमन भएकोछ | तर हाम्रा यी वीर नेपाली गोर्खाली आन्दोलनको मात्रालाई पराष्ट गर्दै अगाडी बढ्दै छ्न |

खबरदार राक्षसिय प्रवृतिका मोदी सरकार | नेपाली भाषा भाषीको मांगलाई पुरा गर | हैन भने जुन गोर्खाली शक्तिले तिम्रो देशको रक्षा गरेकछ्न उनीहरूले आफ्नै आमाको रक्षा गर्न फर्के भने तिमीहरूको आनन्दले ,सकुन भएर जुन शानबान देखाउदै छौ , शान्तको निन्द्रा निदाउँदै छौ त्यो सुख ,चयनसबै अशान्त,भयभित हुनेछ यो कुरालाई ध्यानमा राख |

चाडो गरेर नेपाली गोर्खालीलाई उनीहरूको भूभाग फिर्ता गर | र स्वतन्त्र हुन देऊ जसले भारत बासीको भलाइ हुनेछ | गोर्खालीको आडमा विश्व भरि खोक्दै हिँड्ने तर उनीहरुमाथि हिम्सा ,अत्याचार,र दमन हामीलाई स्वीकार छैन |

म एउटा नेपाल देशको स्वतन्त्र नेपाली नागरिक हुनुको नाताले विश्व भरि छरिएर रहनुहुने नेपाली भाषा भाषीहरुलाई अनुरोध गर्दछु कि नेपाली गोर्खालीहरु भलै भारतीय नागरिक हुन तर उनीहरू नेपाली हुन र मातृभाषा संरक्षण र पुर्खाले आर्जेको मातृभूमिको रक्षा गर्न गोर्खाल्याण्ड माग गरिरहेको अवस्थामा हामी सबैको दायित्व हो कि कुनै पाटी नभनी सबैले सहयोग र बल प्रदान गर्न एक बद्ध हौ |

” संसार भरका नेपाली हो कुरा बुझौंन …
आऊ एक बद्ध हुँदै संकल्प गरौँ न ….

प्रतिक्रिया