अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:०० | Colorodo: 03:15

न्यूह्यामसरको गुरुङ (तमु) समाजको अध्यक्षमा शम्भु गुरुङ

बिआरटीनेपाल २०७४ असार ११ गते १९:१९ मा प्रकाशित

गुरुङ (तमु) समाज न्यूह्यामसरको शनिबार सम्पन्न साधारणसभाले शम्भू गुरुङको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । सभाले आगामी दूईबर्षे (२०१७/२०१९) कार्यकालका लागि उपाध्यक्षमा हितमान गुरुङ, महासचिवमा माधव गुरुङ र कोषाध्यक्षमा हेम गुरुङलाई सर्वसम्मतीमा चयन गरेको हो । यसैगरी अन्य सदस्यहरुमा नरेन्द्र गुरुङ, लक्ष्मी गुरुङ, सागर गुरुङ, किरण गुरुङ, गोविन्द गुरुङ, हेमा घले र अल्का गुरुङलाई पनि सभाले सर्बसम्मतीमा चयन गरेको छ । 

यसैगरी सभाले महासचिव माधव गुरुङद्घारा प्रस्तुत सांगठानिक प्रतिवेदन र कोषाध्यक्ष हितमान गुरुङद्घारा प्रस्तुत आर्थिक प्रतिवेदनलाई जोडदार तालिसहित पारित गरेको थियो भने समाजका उपाध्यक्ष छत्रकुमारी गुरुङद्धारा प्रस्तुत विधान मस्यौदा संसोधनसहित पारित गरिएको थियो ।
साधारण सभामा बोल्दै समाजका अगुवा सल्लाहकार श्याम गुरुङ र सोम गुरुङले नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना ब्यक्त गर्नुभएको थियो । 

सन् २०१० सालमा स्थापित गुरुङ (तमु) समाज न्यूह्यामसरले नेपाली भाषा संस्कृति सँगसँगै गुरुङ संस्कार संस्कृतिको संरक्षण एवं सम्बद्र्धन गर्न विविन्न कार्यक्रमहरु गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू