अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:१० | Colorodo: 20:25

कला र गलाको धनी लोक गायिका धन कुमारी थापा सरु

बिआरटीनेपाल २०७४ असार ११ गते १७:३० मा प्रकाशित

काठमाडौँ : कला र गलाको धनी  तथा चर्चित लोक गायिका धन कुमारी थापा सरुलाइ लोक सस्कृतिको एक धरोहर स्रष्टा मान्न सकिन्छ l नुवाकोट जिल्लामा जन्मेर काठमाडौँलाइ कर्मथलो बनाएकी चर्चित लोक दोहोरी गायिका धन कुमारी थापा सरु विगत दुई दशक देखि आफ्नो कला, भाका, लोक सस्कृति र पहिचान जोगाउन तल्लिन छिन l नेपालमानै पहिलो पटक रोदी अर्थात् लोक दोहोरी साझ खोलेर लोक दोहोरीलाई व्यावसायिक रूपमा अगाडी बढाएर निरन्तर रूपमा नेपाली लोक भाका, सस्कृतिको पहिचानलाई जिबन्तरुप दिन सफल चर्चित तथा बरिष्ट लोक गायिका धन कुमारी थापा सरु नेपाली लोक सङ्गीत क्षेत्रकि एक नक्षत्र बन्न सफल भएकी चर्चित गायिका हुन l विगत दुई दशक देखि निरन्तर रूपमा लोक सङ्गीतको साधना गर्दै आएकी गायिका धन कुमारीले दर्जनौ चर्चित गायक गायिकाहरु समेत आफ्नो रोदी घर बाट तथा आफै सँग गाउन लगाएर नेपाली लोक साङ्गीतिक फाटमा उत्पादन गरिसकेकी छिन l तसर्थ पनि उनलाई लोकसंगीतको हस्ती मानिन्छ l उनी गायिका मात्र नभएर एक कुशल गीतकार पनि हुन l

विभिन्न टेलिभिजन देखि अन्य कार्यक्रमहरूमा समेत लोक भाका, लोक सस्कृतिलाई जगेर्ना गर्न फरक फरक कार्यक्रमहरू सञ्चालन गरिसकेकी बरिष्ट लोक गायिका धन कुमारी थापाले डेढ दर्जन भन्दा बेसी आफ्नै लोक दोहोरी एल्बम नेपाली साङ्गीतिक बजारमा निकालिसकेकी छिन भने लगभग दुई सय भन्दा बेसी लोकगितहरुमा आफ्नो सुमधुर तथा जादुमय आवाज भरिसकेकी छिन l लोक सस्कृति, लोक भाका, तथा लोक दोहोरीको क्षेत्रमा पुर्याएको अतुलनिय योगदान स्वरूप दर्जनौ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानहरु समेत हात परिसकेकी चर्चित तथा बरिष्ट लोक दोहोरी गायिका धन कुमारी थापा सरुले यूरोपको विभिन्न मुलुक देखि लिएर जापान, लन्डन, हंगकंग, दुबई, कतार, मलेसिया लगायतका अन्य दर्जनौ मुलुकहरूमा गएर आफ्नो सुमधुर प्रस्तुतिहरु प्रस्तुत गरेर मुलुकमा मात्र नभएर मुलुक बाहिर समेत आफ्नो पहिचान सस्कृति जोगाउन सफल भएकी छिन l लोक गीत सङ्गीतमा मात्र नभएर उनी भजन तथा अन्य गीत गाउन पनि उत्तिकै खप्पिस छिन l सानै देखि आध्यात्मिक भजन तथा अन्य कार्यहरूमा संलग्न हुन मन पराउने चर्चित गायिका धन कुमारी थापा सरु आफ्नो सस्कृति धर्म कर्ममा पनि उत्तिकै विश्वास गर्छिन l

लोक गीत सङ्गीत मात्र नभएर उनी सामाजिक कार्यमा समेत उनले निकैनै अग्रणी भूमिका निर्वाह गर्दै आएकी छिन l देशको विभिन्न ठाउँमा आश्रम निर्माण गर्नुको साथै उनले सयौ अनाथ अपाङ्ग बालबालिकाहरुलाई गास बास कपास तथा शिक्षाको पूर्ण व्यवस्था गरी उनीहरूको उज्जवल भविष्यलाई सुनिश्चित बनाउने कार्य गरेकी छिन त्यसको अलावा महिला, बृद, बृदा तथा दुखी पिडितहरुको सेवामा समेत उनले आफ्नो जीवनको धेरै समय खर्च गरिसकेकी छिन l

चाडैनै अन्य तिन वटा गीत तथा म्युजिक भिडियोहरु नेपाली साङ्गीतिक बजारमा लिएर आउन लागेकी गायिका नेपाली लोक सङ्गीत क्षेत्रमा आफ्नो छुट्टै नाम पहिचान बनाउन सफल चर्चित तथा बरिष्ट गायिका हुन् धन कुमारी थापा सरु । नेपाल भित्र पनि विभिन्न मेला महोत्सव स्टेज कार्यक्रम देखि अन्य धेरै कार्यक्रमहरूमा सधैँ व्यस्त रहने बरिष्ट गायिका धन कुमारी थापा सरुले आफ्नो छुट्टै पहिचान बनाउन सफल भएकी छिन l दर्जनौ हिट गीतहरू आफ्नो मिठो जादुमय आवाज भरि सकेकी सुन्दरी गायिकाले आफ्ना कतिपय गीतहरुको म्युजिक भिडियोहरुमा आफै मोडलिङ गर्दै आएकी छिन भने दर्जनौ आधुनिक गीतहरू समेतमा उनले आफ्नो मिठो आवाज भरि सकेकी छिन l सुन्दर तन सँगै सुन्दर मनकि पनि धनी भएकी चर्चित तथा बरिष्ट लोक गायिका धन कुमारी थापा “सरु” सरल सधैँ हासेर बोल्ने अतिनै मिलनसार स्वभाबकि मिठो आवाजको धनी आफैमा एक लोक सङ्गीतको पारखी पनि हुन् l उनलाई एक बहु प्रतिभाशाली, भर्सलटाइल गायिका तथा मोडेल भन्न सकिन्छ, साँच्चै उनीमा हर प्रकारको गीत गाउन सक्ने क्षमता पनि छ त्यसैले त उनी भन्छिन गीत सङ्गीत मेरो प्राण हो, सङ्गीत मेरो रगतमा छ र मेरो हरेक धड्कनमा छ l गायिका सरु भन्छिन लोक सस्कृति भनेको हाम्रो सम्पति हो लोक भाका अनि लोक दोहोरीलाई बचाई राख्नु अनि सम्रक्षण र प्रबर्धन गर्नु हाम्रो कर्तव्य पनि त्यसैले पनि म बेसी लोक सङ्गीतमा बढी झुकाब राख्छु l

प्रतिक्रिया