अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:५८ | Colorodo: 04:13

डेनभरमा नेपालमा व्यापार तथा लगानीको अवसर सम्बन्धी अन्तरकृया हुँदै

बिआरटीनेपाल २०७४ असार ११ गते १४:०० मा प्रकाशित

डेनभर, कोलोराडो स्थित नेपाली संस्था रक्की माउण्टेन फ्रेण्ड्स अफ नेपालको आयोजनामा ‘नेपालमा बढ्दो व्यापार तथा लगानीको अवसर’ (Enhanced Investment and Trade Opportunities in Nepal) विषयक एक अन्तरकृया कार्यक्रम डेनभर सहरमा हुन गैरहेको छ ।

आगामी शुक्रबार जुलाई १४, २०१७ तारिक साँझको लागि तय गरिएको सो कार्यक्रममा संयुक्त राज्य अमेरिकाका लागि नेपाली राजदूतावासका आर्थिक मामिला परामर्शदाता कैलाश राज पोखरेलद्वारा विशेष कार्यपत्र प्रस्तुत गरिने जनाइएको छ । नेपाल सरकार तथा संयुक्त राष्ट्रसंघ, विश्व बैङ्क लगाएतका विभिन्न निकायमा रहेर आर्थिक नीति निर्माण, अन्तर्राष्ट्रिय मामला, वैदेशिक सहायता एवं लगानी विस्तार र व्यापार प्रबर्धन जस्ता विषयहरूमा २५ वर्ष भन्दा बढी अनुभव संगालेका पोखरेलको कार्यपत्र प्रस्तुति पश्चात कार्यपत्र प्रस्तुतकर्ता र सहभागीहरुका बिच अन्तरकृया समेत गरिने कार्यक्रम रहेको रक्की माउन्टेन फ्रेन्डस अफ नेपाल अध्यक्ष विनोद त्रिपाठीले बताएका छन् ।

नेपालमा लगानी गर्न इच्छुक गैर आवासीय नेपालीहरू, विद्यार्थीहरू, अनुसंन्धानकर्ताहरु र आर्थिक मामिलामा चाख राख्ने सबै नेपाली समुदायका लागि निकै सहयोगी हुन सक्ने उक्त अन्तरकृया कार्यक्रममा बृहत् सहभागिताका लागि आयोजक ‘रक्की माउण्टेन फ्रेण्ड्स अफ नेपाल’ले अपिल गरेको छ ।

कार्यक्रम हुने स्थान:
Yak & Yeti Restaurant
8665 N Sheridan Boulevard
Westminster, CO 80003
Date: Friday July 14, 2017 Time: 6 PM

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू