अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:१२ | Colorodo: 04:27

नेपाली सिनेमालाई भारतीय बजारमा लग्ने पहल

बिआरटीनेपाल २०७४ असार ९ गते २०:०३ मा प्रकाशित

जुन २४,मुम्बई । नेपाली सिनेमा निर्माता सङ्घका अध्यक्ष आकाश अधिकारी नेपाली सिनेमालाई भारतीय बजारमा लाने पहलमा क्रियाशील छन् । समाजलाई सिनेमाले धेरै प्रभाव पारेको हुन्छ । नेपालमा भारतीय सिनेमाहरु व्यापक रूपमा चलिरहेका छन् । तर भारतमा भने नेपाली सिनेमा हेर्ने नेपाली भाषीहरु हुँदा हुँदै पनि नेपाली सिनेमालाई त्याहाका हलहरुमा चलाउन सकिएको छैन । भारतीय सिनेमा ब्यबसायीहरुका लागि नेपालको बजार नगन्य लागेता पनि नेपालका सिने ब्यबासायीहरुका लागि भने भारतीय सिनेमा नेपाली सिनेमाको तुलनामा बढी फलदायी छन् । दर्शकहरु पनि नेपाली भन्दा हिन्दी सिनेमा नै बढी हेर्न रुचाउछन् । त्यसैले गर्दापनि होला नेपाली समाजमा भारतीय कला, संस्कार र पहिरनले बलियो प्रभाव पारेको छ ।

भारतीय सिनेमालाई सेन्सर गर्न पनि धेर समय लाग्दैन नेपालमा । एकै दिनमा सेन्सर हुन्छ र १५ हजार रुपैयाँ मात्र दस्तुर लाग्छ । तर नेपाली सिनेमा भारतीय हलहरुमा चलाउनको लागि सेन्सरको प्रक्रिया पुरा गर्नका लागि एक देखी डेढ महिना कुर्नु पर्ने र एक देखी डेढ लाख रुपैयाँ सम्म दस्तुर तिर्नुपर्ने प्राबधान छ । यो झन्झटिलो प्राबधानले गर्दा पनि भारतीय सिनेमाहलका ब्यबसायीहरुको निच मरेको हुनसक्छ । यही प्रक्रियामा सहजिकरण गर्नका लागि नेपालका नेपाली सिनेमा निर्माता सङ्घका अध्यक्ष आकाश अधिकारी भारतको सिनेनगरी मुम्बईमा पुगेर सेन्सर बोर्डका अध्यक्ष पहलाज निहलानीलाई भेटेका छन् ।

भारतको प्रान्तीय भाषाको १६ औँ स्थान ओगटेको नेपाली भाषा रहेको भारतीय बजारमा नेपाली सिनेमाले बजार पाउन सक्छ । त्यसैले नेपाली सिनेमाको सेन्सर प्रक्रिया सहज गरी दिनको लागि अनुरोध गर्दछु भनेका थिए अधिकारीले । जुन कुरालाई भारतीय सेन्सरबोर्डका अध्यक्षले सकारात्मक रूपमा लिएका छन् । 

उक्त भ्रमणको अबसरमा महाराष्ट्र शासन राज्यमन्त्री बिद्या ठाकुर प्रमुख अतिथि रहेको एक भव्य कार्यक्रममा अधिकारीलाई विशेष अतिथिको रूपमा स्वागत गरिएको थियो ।  सो अवसरमा बलिवूडका सुपरस्टार गोबिन्दा लगायत अन्य सिनेकर्मीहरु र सिने ब्यबासायीहरुको पनि बाक्लो उपस्थिति रहेको थियो । सो कार्यक्रममा आफ्नो मन्तव्य राख्ने क्रममा प्राकृतिक सौन्दर्यताको हिसाबले नेपाल एसियाकै पहिलो दर्जामा आउँछ । जहाँं भारतीय सिनेमाका लागि पनि उपयोगी हुन सक्ने स्थानहरू प्रशस्त छन् । धार्मिक आस्थामा अङ्गालिएको समान संस्कारका अनुयाही हामी दुई देशका जनता र यी देशका सिनेकर्मी तथा व्यवसायीका बिच आपसी साकार्यका सम्भावनाहरू प्रसस्तै छन् । त्यसैले समस्त भारतीय सिने ब्यबसायीहरुलाई नेपाल प्रति ध्यानाकर्षण गरी दिन हुन अनुरोध गरे नेपाली सिनेमा निर्माता सङ्घका अध्यक्ष आकाश अधिकारीले ।

प्रतिक्रिया