अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:५२ | Colorodo: 03:07

संघीय समाजबादी फोरमको चुनावी अभियान तिव्र

बिआरटीनेपाल २०७४ असार ९ गते ६:३९ मा प्रकाशित

स्थानीय तहको निर्वाचन नजिकै गर्दा संघीय समाजवादी फोरम नेपालले चुनावी अभियानलाई तीब्र पारेको छ । यसक्रममा आफ्नो अभियान नेपालगन्ज उप–महानगरपालिकामा केन्द्रित गदै केन्द्रीय नेताहरु समेत नेपालगन्जमा आएका छन् । नेपालगन्जलाई विभिन्न पार्टीले प्रतिष्ठाको विषय बनाउदै केन्द्रीय तहका नेताहरु आई रहदा फोरम नेपालले पनि जीत आफनो पक्षमा बनाउन केन्द्रीय नेताहरु नेपालगन्जमा आएका हुन ।

सघीय समाजवादी फोरम नेपाल बाँकेका प्रवक्ता समसुल हक राईले नेपालगन्ज उप–महानगरपालिकाका २३ ओटा वडाहरुमा घरदैलो अभियानलाई केन्द्रित गदै घरदैलो अभियानमा नै केन्द्रीय तहका नेता मेयर र उपमेयरलगायतका उम्मेदवारका पक्षमा मत माग्दै विजय गराउन मतदाताहरुलाई समेत आग्रह गरेका छन् ।

पछिलो समयमा विभिन्न पार्टी परित्याग गरी संघीय समाजवादी फोरम नेपालमा प्रवेश गर्नेको सख्या बढी रहेको फोरम नेपालका जिल्ला प्रवत्ता राईले बताए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू