अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:१६ | Colorodo: 20:31

काँग्रेसले जिते विकासको मुहान खुल्छः वरिष्ठ नेता पौडेल

बिआरटीनेपाल २०७४ असार ८ गते १९:०३ मा प्रकाशित

बुटवल, ८ असार । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसले अंगाडि सारेका उम्मेद्वारलाई जिताए विकासको मुहान खुल्ने बताउनु भएको छ ।

बिहीबार बुटवल उपमहानगरपालिका वडा नं. १३ बेलबासमा नेपाली काँग्रेसले आयोजना गरेको क्रियाशील भेलालाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । चुनाव प्रचारको क्रममा बुटवल पुग्नुभएका वरिष्ठ नेता पौडेलले देशको पूर्वाधार निर्माण, आर्थिक,सामाजिक,शैक्षिक सबै क्षेत्रको विकास काँग्रेसले नै गरेको दाबी गर्नुभएको थियो ।

उहाँले राजनीतिक अधिकारका लागि देशमा भएका सबै आन्दोलनको नेतृत्व गरी परिणाममा पु¥याएको र तिनलाई संस्थागत गर्न संविधान निर्माण गर्ने काम समेत नेपाली काँग्रेसले पटकपटक सम्पन्न गरेको उदाहरण प्रस्तुत गर्दै मुलुकमा आर्थिक समृद्धिको लागि काँग्रेसलाई विजयी बनाउनु पर्ने धारणा राख्नुभएको थियो ।

वडा सभापति पुरुषोत्तम बस्यालको सभापतित्वमा भएको कार्यक्रममा पार्टी रुपन्देहीका सभापति तथा सांसद अब्दुल रज्जाकले एमालेले भ्रमको खेती गरेको बताउँदै त्यसलाई चिरेर नेपाली काँग्रेसका उम्मेदवारलाई जिताउन आह्वान गर्नुभएको थियो । 

बिहीबार बुटवलका ज्योतिनगर, आदर्शनगर, चिडिया खोला, दुर्गामन्दिर, अमरपथ लगायतका स्थानमा नेपाली काँग्रेस र माओवादी केन्द्रले संयुक्त रूपमा घरदैलो अभियान सहित विभिन्न स्थानमा कोणसभा सम्पन्न गरेका छन् ।
कोणसभामा कोल्दै नेपाली काँग्रेसका नेता सांसद हरिप्रसाद नेपालले मुलुकको समुन्नतिकालागि नेपाली काँग्रेसको नेतृत्व आवश्यक रहेको बताउँनुभयो । उहाँले प्रधानमन्त्री र मेयरको शक्ति बराबर रहेको बताउँदै शक्तिको समुचित प्रयोगकालागि पनि नेपाली काँग्रेसलाई जिताउन आह्वान गर्नुभयो । नेता नेपालले बुटवलमा नेकपा माओवादी केन्द्रसंग भएको चुनावी तालमेल विजयकालागि मात्रै नभई पार्टी मेलमिलापको नीति अनुसार समृद्ध बुटवलका निर्माणकोलागि भएको जिकिर गर्नुभयो ।

त्यस्तै माओवादी केन्द्रका केन्द्रीय सदस्य पुष्पराज ढकालले मुलुकका विकास र समृद्धि आवश्यक रहेकाले त्यसैकालागि मुलुकको वास्तविक लोकतान्त्रिक शक्तिसँग चुनावी तालमेल भएको बताउँदै विकास र समृद्धिकालागि दुई पार्टी बिचको चुनावी तालमेल अनुसार मतदान गर्न आग्रह गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू