अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:४७ | Colorodo: 21:02

श्रष्टा सम्मान र साँगीतिक प्रस्तुतिसँगै मनाईयो नेपालमा ‘विश्व संगीत दिवस’

बिआरटीनेपाल २०७४ असार ८ गते ५:०६ मा प्रकाशित

वर्षकै लामो दिन ७ असार (२१जुन)को दिन गीत सुनेर दिन कटाईन्छ । सन १९८२ बाट फ्रान्समा यसै दिन विहान देखि रातीसम्म साँगीतिक कार्यक्रम गरेर विश्व संगीत दिवस मनाउन सुरु गरिएको हो ।

विश्व संगीत दिवस यो ३५ वर्षमा आईपुग्दा एक सय भन्दा बढी देशले मनाउन थालेका छन् । बुधबार नेपालमा पनि विविध सांगीतिक कार्यक्रम गरेर विश्वसंगीत दिवस मनाईयो ।

विश्व संगीत दिवसको अबसरमा सांस्कृतिक संस्थान नाचघर बुधबार दिउँसो संगीतमय भयो । सो अबसरमा आयोजित सांगीतिक कार्यक्रमको उद्घाटन उपराष्ट्रपति नन्दबहादुर पुनले गरे । कार्यक्रममा एक घन्टा भन्दा बढी समय बसेर उपराष्ट्रपति पुनले गीत संगीतको मजा लिए ।

सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर), नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान, नेपाली सांगीतिक संघ र नेपाल प्रतिलिपी अधिकार रजिष्ट्ररको कार्यालयले बुधबार नाचघरमा संयुक्त रुपमा विश्व संगीत दिवस मनाएको हो ।

उपराष्ट्रपति पुनले नेपाली सांगीतिक क्षेत्रमा लामो समयदेखि योगदान पु¥याएको भन्दै गीतकार डा. राम बिक्रम सिजापति, संगीतकार जगतमर्दन थापा, बाद्यबादक किशोर गुरुङ, नृत्यकार हनी श्रेष्ठ, जनपक्षिय गायक जेबी टुहुरे र गायिका इन्दिरा श्रेष्ठलाई आयोजकका तर्फबाट सम्मान गरे ।

कार्यक्रममा उपराष्ट्रपति पुनले विश्व संगीत दिवसको अबसरमा अग्रज श्रष्टाहरुलाई सम्मान गर्न पाउँदै साह्रै खुसी लागेको बताउँदै रेकोमा अत्यन्तै खुशी लागेको बताउँदै यस्तो सम्मानले नेपाली कला र कलाकारहरुको संरक्षण, संवद्र्धन, प्रवद्र्धन र विकासमा समेत टेवा प¥याउने अपेक्षा गरेको छु भने । उपराष्ट्रपति पुनले कलाकारहरुलाई परिवर्तित राजनैतिक सन्दर्भमा राज्यका गहनाका रुपमा भूमिका विहिन बनाउने होइन समाज परिवर्तनका संवाहक बनाउन संघले विशेष भूमिका निर्वाह गर्न सकोस् भन्ने अपेक्षा आफुले गरेको बताए ।

सांस्कृतिक संस्थानका महाप्रबन्धक राजेश थापाले विविध सांगीतिक कार्यक्रम आयोजना गर्दै आफुहरुले विश्व संगीत दिबस मनाउँदै आएको बताए । संस्थानले हिमालदेखि तराईसम्मको सबैजसो जातजातिको मौलिक गीतसंगीत नृत्यको संरक्षणसँगै प्रदर्शन र प्रवर्धन पनि गर्दै आएको उनले बताए ।

यो कार्यक्रमका संयोजक एवं नेपाल सांगीतिक संघका अध्यक्ष मिलन मोक्तानले संगीतकर्मीहरुका लागि सबै भन्दा ठुलो दिबस नै विश्व संगीत दिवस भएकाले केही वर्षबाट संघले सरकारी निकाय र विभिन्न संस्थासँग मिलेर विश्व संगीत दिवस मनाउँदै आएको बताए । संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद सदस्य माधव प्रधान र नेपाल प्रतिलिपी अधिकार रजिष्ट्ररको कार्यालयका रजिष्टार राजेन्द्र सिग्देलले पनि विश्व संगीत दिवसको महत्व बारे कार्यक्रममा चर्चा गरे ।

नेपाली सेनको साँगीतिका व्याण्डको प्रस्तुतिसँगै दिउँसो २ बजेबाट सुरु भएको सो साँगीतिक कार्यक्रम बेलुका ४ बजेसम्म चलेको थियो । चार घन्टाको अबधिमा नाचघरमा सबै प्रकारका गीत संगीत प्रस्तुत गरियो ।

अग्रज कलाकार आनन्द कार्कीदेखि पप गायक धिरज राईसम्मले आफ्ना चर्चित गीत सुनाएर कार्यक्रममा दर्शकलाई नचाए । सांस्कृतिक संस्थानका कलाकारले एक दर्जन भन्दा बढी लोक गायन, नृत्य, सांगीतिक धुन पस्केर कार्यक्रमलाई संगीतमय बनाए ।

अन्तरा समुह, गुरुकुल संगीत विधालय, जात्रा व्याण्ड, सहित विभिन्न सांगीतिक समुहले दिएका सांगीतिक प्रस्तुति पनि कार्यक्रमको आकर्षण बनेको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू