अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:१६ | Colorodo: 02:31

राजपा अध्यक्ष मण्डलको तर्फबाट मानव अधिकार आयोगको ध्यानाकर्षण (विज्ञप्ती)

बिआरटीनेपाल २०७४ असार ५ गते ५:४२ मा प्रकाशित

 

राजपा अध्यक्ष मण्डलको तर्फबाट मानव अधिकार आयोगको ध्यानाकर्षण भएको छ । मधेशमा पछिल्लो समयको मानव अधिकार अवस्थाको सम्बन्धमा राजपा नेपालका अध्यक्ष मण्डलका शरद सिंह भण्डारी तथा महेन्द्र प्रसाद यादव सहितको टोलीले आयोगका सदस्यद्वय प्रकाश वस्ती र मोहना अन्सारीलाई ज्ञापन पत्र बुझाउँदै आयोगमा गरेको भेटघाट तथा छलफलबाट मधेशको अवस्थाप्रति आयोगको ध्यानाकर्षण भएको हो ।
छलफलमा राजपा नेताहरुले निर्वाचनको क्रममा नवलपरासी, धनुषा, कैलाली, कञ्चनपुर, बर्दिया, बाँके, कपिलवस्तु, सुनसरी, मोरङ, लगायतका जिल्लाहरुमा आफ्ना सयौं कार्यकर्ताहरु आशंकाको भरमा पक्राउ परेका, शन्तिपूर्ण सभा सम्मेलन गर्न बञ्चित गरिएको शान्तिपूर्ण सभामा गोली चलाइएको विषयमा छानविन हुनुपर्ने विचार व्यक्त गरेका थिए भने ज्ञापन पत्र बुझ्दै आयोगका सदस्य प्रकाश वस्तीले राजपा मानव अधिकारको रक्षा गरिदिन माग गर्दै आयोगमा आउनु आयोगप्रतिको विश्वास हो र यो विश्वासलाई आयोगले डगमगाउन नदिने कुृरामा विश्वस्त हुन आग्रह गरेका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू