अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:२८ | Colorodo: 01:43

रुपन्देहीमा उल्लासमय वातावरणमा नेपाली कांग्रेसको उम्मेदवारी दर्ता

बिआरटीनेपाल २०७४ असार ४ गते ६:२७ मा प्रकाशित

यहि असार १४ गते हुने स्थानीय तहको निर्वाचनकालागि नेपाली काँग्रेसले रुपन्देहीका १६ वटै स्थानीय तहमा उत्साहका साथ उम्मेद्वारी दर्ता गराएको छ ।

रुपन्देही जिल्लामा एक उपमहानगरपालिका, ५ वटा नगरपालिका र १० वटा गाउँ पालिका छन् । कांग्रेसले बुटवल उपमहानगरपालिका र देवदह नगरपालिकामा नकपा माओवादी केन्द्रसंग चुनावी तालमेल गरी सोही अनुसार उम्मेदवारी दिएको छ । बुटवल उपमहानगर पालिकामा मेयर पदमा नेपाली काँग्रेसका खेलराज पाण्डे र उपमेयरमा माओवादी केन्द्रका जगतबहादुर पोखरेलले उम्मेदवारी दर्ता गराउनुभएको छ । उहाँहरुले संयुक्त रुपमा उम्मेदवारी दर्ता गराउनुभएको हो । त्यस्तैगरी माओवादी केन्द्रसंगै तालमेल भएको देवदह नगरपालिकामा मेयर पदमा नेपाली काँग्रेसका हिराबहादुर खत्री र उपमेयरमा माओवादी केन्द्रका टीका न्यौपाने (गौतम)ले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

नेपाली काँग्रेसले तिलोत्तमा नगरपालिकामा राष्ट्रिय जनमुक्ति पार्टीसंग चुनावी तालमेल गरेको छ । तिलोत्तमा नगरपालिकामा मेयर पदमा नेपाली काँग्रेसको तर्फबाट रामकृष्ण खाँण र उपमेयरमा राष्ट्रिय जनमुक्ति पार्टीको तर्फबाट गीता सारुले उम्मेदवारी दर्ता गराउनुभएको छ । तिलोत्तमा नगरपालिकामा दुई पार्टीको चुनावी तालमेल भएपनि चुनाव चिन्ह भने दुवै पार्टीको एउटै रुख हुने सहमति गरि सोही अनुसार उम्मेदवारी दर्ता गरिएको नेपाली काँग्रेस रुपन्देही क्षेत्र नं. ३ का सभापति प्रेमबहादुर फौदारले बताउनु भयो ।

त्यस्तैगरी सिद्धार्थनगर नगरपालिकामा नेपाली काँग्रेसका मातृकाप्रसाद यादवले मेयर पदमा र माधवी शर्मा वाग्लेले उपमेयरमा उम्मेदवारी दर्ता गराउनुभएको छ । त्यस्तै सैनामैना नगरपालिकामा मेयर पदमा कांग्रेसका फणेन्द्र शर्मा वाग्ले र उपमेयरमा लक्ष्मी चौधरीले उम्मेदवारी दर्ता गराउनुभएको छ । त्यस्तै जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने, गौतम बुद्धको जन्मस्थल लुम्बिनी सांस्कृतिक नगरपालिकामा कांग्रेसका मोहम्मद सईद खाँले मेयर पदमा र उपमेयरमा रमावती यादवले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

त्यस्तैगरी कांग्रेसका तर्फबाट सियारी गाउँपालिकाको प्रमुखमा थानेश्वर घिमिरे र उपप्रमुखमा रीता चौधरी, सुद्धोधन गाउँपालिकामा प्रमुखमा भगवतीप्रसाद चौधरी र उपप्रमुखमा रामेश्वरी सिंह, ओमसतीया गाउँपालिकामा प्रमुखमा महेन्द्रप्रसाद चौधरी र उपप्रमुखमा मीना भण्डारी, कञ्चन गाउँपालिकामा प्रमुखमा डोलबहादुर थापा र उपप्रमुखमा तीर्थकुमारी थारु, कोटरीमाई गाउँपालिकामा प्रमुखमा बिदेन्द्र जैसवाल र उपप्रमुखमा सम्पत्ती यादवले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

त्यस्तै कांग्रेसका तर्फबाट गैडहवा गाउँ पालिकामा प्रमुखमा बसिउल्लाह मुसलमान र उपप्रमुखमा मञ्जु न्यौपाने, मर्चवारी गाउँपालिकामा प्रमुखमा ज्ञानप्रकाश मिश्र र उपप्रमुखमा श्रीकान्ति बरई, मायाँदेवी गाउँपालिकामा प्रमुखमा ध्रुवनारायण चौधरी र उपप्रमुखमा कान्ति यादव, रोहिणी गाउँपालिकामा प्रमुखमा अकवाल खाँ र उपप्रमुखमा चन्द्रवती देवी योगी तथा समरीमाई गाउँपालिकामा प्रमुखमा बिनोद श्रीवास्तव र उपप्रमुखमा प्रियंका सिंहले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

सबै नगरपालिका र गाउँपालिकाका वडाहरुमा पनि नेपाली कांग्रेसका उम्मेदवारहरुले उत्साहका साथ उम्मदेवारी दर्ता गराएका छन् । केही वडाहरुमा अन्य राजनीतिक दलहरुसंगको तालमेलका आधारमा उम्मेद्वारी दर्ता भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू