अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:५७ | Colorodo: 05:12

फेसबुक, इन्स्टाग्राम सबै ह्यक भएपछि प्रहरी शरणमा मोडल भावना गुरुङ

बिआरटीनेपाल २०७४ असार ३ गते २०:४७ मा प्रकाशित

सोसल मिडियाको प्रयोग बढेसँगै साईवर क्राईम पनि बढ्दै गहिरहेको छ । जसबाट सेलिब्रेटिहरू बढी असुरक्षित हुने गरेका छन् । आर्थिक प्रलोभन देखाएर ठग्ने देखी चरित्रहत्या गर्ने सम्मका विभिन्न अपराध भई रहेका बेला मोडल भावना गुरुङको फेसबुक, इन्स्टाग्राम सबै एक हप्ता अगाडिबाट ह्यक भएको छ | गुरुङको फेसबुकमा पॉच हजार फ्रेण्ड र 24,462 जना फलोअर्स थिए | अब ह्यकरले के हर्कत गरिदिने हो भन्ने कुराले गुरुङलाई चिन्तित बनाएको छ | उनी भन्छिन “मेरा आफन्त र साथीहरू सबैलाई ह्यक भएको जानकारी छैन अब उसले के के नचाहिने हर्कत गरिदिने हो थाहा छैन, मैले कसैलाई पनि पासवर्ड दिएको छैन तर मलाई लाग्छ मेरा बेस्ट फ्रेण्ड मध्येबाटै भएको हो, म माथि विश्वासघात भयो, तँ सेलिब्रेटी बनिस हामीलाई भाउ दिन छोडिस भन्नेजस्ता म्यासेज धेरै ऑऊथे, कसैले मलाई घमण्डी पनि भन्थे तर मैले घमण्ड कहिल्यै गरिन र उनीहरूलाई ईग्नोर पनि गरेको थिइन, तर सबै म्यासेजको रिप्लाई गर्न भने सक्दैनथे, छाडा म्यासेज तथा गालिगलौज गर्ने 4 जनालाई भने ब्लक गरेकी थिए |” हाल प्रहरीमा साईवर क्राईममा उजुरी दिएकी उनी प्रहरीबाट आशावादी थिइन तर तीन चार दिनसम्म पुलिसले पत्ता लगाउन नसक्दा उनी चिन्तित छन् | तर प्रहरी भने सजिलै पत्ता लगाउन सकिने बताऊछन् | 

को हुन भावना गुरुङ ?
काठमाडौँ सामाखुशीमा जन्मिएर नेपाली फिल्म तथा मोडलिङ इन्डस्ट्रिमा विगत 7 वर्षदेखि लागेकी भावनाले दुई दर्जनभन्दा बढी म्युजिक भिडियो, एक दर्जनको हाराहारीमा टेलिभिजन एड, थुप्रै पेपर तथा पोष्टर एड गरिसकेकी छन् भने दुई चलचित्र प्रदर्शनमा आउन लागेका छन् | हाल उनी नयॉ एक्सन मुभी गर्ने तयारीमा फाईट क्लास लिन लागेको बताऊछिन् | ऊनले गरेका म्युजिक भिडियोहरुमा कथाले मागेपछि, प्रमोद खरेलको तिमीलाई मायॉ गरेँ, इन्दिरा जोशीको मेरो चुल्ठिमा लगायत चर्चित बनेका थिए भने अम्बे सीमेन्ट, टुवोर्ग वियर, महेन्द्रा स्कूटर, स्लीम टी लगाएतका एड्भटिज्मेन्टले ऊनलाई चर्चामा पुर्याएको थियो | उनी अभिनित चलचित्र ‘स्वर्ग मेरो गॉऊ ‘ पोस्ट प्रोडक्सनको क्रममा छ | उनी देश तथा विदेशमा स्टेज सोमा डान्स तथा फेसन सोमा शोस्टपर र कोरियोग्राफर रूपमा समेत व्यस्त रहन्छिन् |

कसरी हुन्छ साईबर क्राईम ? के छ कानुनी उपचार?
अधिकांश साईवर अपराधको बारेमा मान्छे अनविज्ञ हुन्छ । अपराध भइरहेको थाहा पाए पनि मानिसहरू रिपोर्ट गर्न हिचकीचाउछन् । नेपालको सन्दर्भमा हेर्ने हो भने साईवर अपराध अन्तरगत कुनै घटना घट्यो भने त्यो राज्यपक्षको घटना हुन्छ र त्यसको उजुरी प्रहरीमा गरिन्छ । प्रहरीमा गैसकेपछि प्रहरीले त्यसलाई सरकारवादी मुद्धाको रूपमा अध्ययन गर्छ । केसको प्रकृति हेरी सरकारी वकिलको कार्यालयसँग छलफल गरेर रिपोर्ट बनाएर अदालतमा पेस गर्ने गर्दछ । र कारबाहीको प्रक्रिया अगाडि बढाउँछ ।

नेपालमा प्रचलित साईवर कानुन भनेको विद्युतीय कारोबार ऐन २०६३ हो । यस कानुनले न्यायधिकारको अवधारणालाई स्वीकार गरेको छ । एक पटक जाहेरवालाले प्रहरीमा उजुर गरेपछि व्यक्तिगत रूपमा ऊ मुक्त हुन्छ र यो प्रक्रिया सरकारले नै अगाडि बढाउँछ । यसको दण्ड जरिवान तीन किसिमको हुन्छ । एउटा भनेको कुनै पक्ष सूचना प्रविधिको आक्रमणबाट उसको सूचना–सम्पदाहरू नोक्सान भयो भने त्यस्तो अवस्थामा त्यसबाट भएको नोक्सानी पीडकबाट क्षतीपूर्ति भराउने व्यवस्था छ, अर्को भनेको अनलाईमा कुनै अश्लील प्रकाशन गर्‍यो भने त्यसलाई पहिलो पटक पाँच वर्ष जेल सजाए अथवा एकलाखसम्मकोजरिवाना वा दुवै, र फेरि पनि त्यस्तै कार्य दोहोर्याएमा त्यसको डेढी सजाए दिने व्यवस्था छ । त्यस्तै अर्को देवानी प्रकृतिको मुद्धामा पनि जेल सजाए छ जस्तै कसैले कसैको सूचना चोरी गर्‍यो भने, सूचना नष्ट गर्‍यो भने कसैको सिस्टम ह्याक गर्‍यो भने त्यस्तो अवस्थामा तीन लाखसम्म जरिवाना र अधिकतम दुई वर्षसम्मको जेल सजाएको व्यवस्था गरिएको छ । थाहा पाएको ३५ दिनभित्र उजुरी गर्नु पर्छ ३५ दिनभन्दा पछि उजुरी गर्‍यो भने त्यो मान्य नहुने प्रावधान छ |

प्रतिक्रिया