अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:२२ | Colorodo: 13:37

भारतको पश्चिम बङ्गालमा नेपाली भाषा र नेपाली भाषीमाथि गरिएका अत्याचारको विरोध बक्तब्य

बिआरटीनेपाल २०७४ जेठ ३१ गते ११:४० मा प्रकाशित

भाषा, साहित्य र संस्कृति मानवजातिका पहिचान हुन् र नेपाली भाषा, साहित्य र संस्कृति जहाँ जहाँ नेपाली पुगेका छन् त्यहाँ त्यहाँ फैलिएको छ । लामो इतिहास बोकेको भारतको पश्चिम बंगाल राज्यका नेपाली भाषीहरूले नेपाली भाषा, साहित्य र संस्कृतिलाई आफ्नो प्राणभन्दा प्यारो गरी सजाई जीवन्त राखेका छन् र नेपाली भाषा, साहित्य र संस्कृति जीवनको अभिन्न अङ्गको रूपमा रहेको परिप्रेक्ष्यमा हालै पश्चिम बङ्गालमा नेपाली भाषा र नेपाली भाषीमाथि गरिएको अत्यन्तै ज्यादती, अत्याचार र अमानवीय व्यवहारको अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज घोर भर्सना गर्दै नेपाली भाषा र नेपाली भाषीको सम्मान गर्न तथा उनीहरुमाथि गरिएको अमानवीय व्यवहार तुरुन्त रोक्न अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज जोडदार माग गर्दछ ।

भाषा, साहित्य र संस्कृति मानवीय जीवनका अभिन्न अङ्ग भएको आजको विश्व जगतमा पश्चिम बङ्गाल सरकारले नेपाली भाषा र नेपाली भाषीमाथि गरेको दुखद र अत्याचार अन्यायपूर्ण व्यवहार अविलम्ब अन्त्य गरी स्वतन्त्रतापूर्वक स्वेच्छाले भाषाको प्रयोग गर्न पाउने स्वतन्त्र अधिकार सुरक्षित गर्दै पश्चिम बङ्गाल सरकारले गरेका दमन कार्य तुरुन्त बन्द गर्न आग्रह गर्दैछौं । पश्चिम बंगाल र त्यस वरपर नेपाली भाषीहरूद्वारा गरिएको सशक्त प्रतिकार र विरोध कार्यको समर्थन गर्दै भारत, नेपाल लगायत विश्वभर रहेका नेपाली साहित्य र नेपाली भाषाकर्मीहरुमा एकबद्द भई यस्ता निन्दनीय कार्यको घोर विरोध गर्न पनि हार्दिक अनुरोध गर्दछौँ ।

पदम विश्वकर्मा
अध्यक्ष,
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज
केन्द्रीय कार्य समिति
www.inls.org

प्रतिक्रिया