अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:२७ | Colorodo: 19:42

असिस्माको ‘लक्की पुरस्कार’मा नाच्नेलाई एकलाख पुरस्कार

बिआरटीनेपाल २०७४ जेठ २९ गते १०:३२ मा प्रकाशित

काठमाडौं– अभिनेत्री असिस्मा नकर्मी अभिनित अर्काे नयाँ भिडियो ‘लक्की पुरस्कार’ सार्वजनिक भएको छ । सुरेन्द्र घताङ र मेलिना राईको स्वर रहेको गीतमा डिपी खनालको शब्द रहेको छ । भिडियोमा असिस्माका साथ सुरेन्द्र घताङ र भिमफेदी गाइज समेतको अभिनय रहेको छ । डान्सिङ बिटमा तयार पारिएको भिडियो निर्मल लामाले निर्देशन गरेका हुन् । 

संध्या म्युजिकले बाँहिर ल्याएको भिडियोको साथमा म्युजिकले १ लाख नगद पुरस्कार सहितको अन्तर्राष्ट्रिय डान्स प्रतियोगिता समेत सार्वजनिक गरेको छ । डान्स प्रतियोगितामा भाग लिन सार्वजनिक गीतमा दुई वा दुई भन्दा बढी व्यक्तिले नृत्य गरेर भिडियो बनाउनु पर्नेछ । त्यसरी बनाइएको भिडियो संध्या म्युजिकको फेसबुक पेज वा संध्या म्युजिकको जिमेल कबलमजथबmगकष्अछ२नmबष्।िअयm पठाउनु पर्नेछ । भिडियो पठाउँदा नाम ठेगाना समेत पठाउनु पर्नेछ ।

यसरी प्राप्त भएको भिडियोलाई विभिन्न चरणको जजमेन्ट सहित उत्कृष्ट घोषणा गरी पुरस्कृत गरिने संध्या म्युजिकले जनाएको छ । उत्कृष्ट भिडियो र सहभागीको नाम प्रतियोगिता सकिएपछि आफ्नो आधिकारिक फेसबुकबाट सार्वजनिक गर्ने संध्या म्युजिकले एक विज्ञप्ति मार्फत जानकारी गराएको छ । प्रतियोगितामा संसारका कुनै पनि स्थानबाट सहभागी जनाउन सकिने बिज्ञाप्तीमा भनिएको छ ।

प्रतिक्रिया