अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:४२ | Colorodo: 06:57

डा. खातेको ट्रेलर सार्वजनिक सँगै रिलिज मिति घोषणा

बिआरटीनेपाल २०७४ जेठ २९ गते ८:१४ मा प्रकाशित

चलचित्र डा. खातेको ट्रेलर सार्वजनिक गरिएको छ । राजधानीमा आयोजित पत्रकार सम्मेलनका बिच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । सडक बालबालिका, घरेलु श्रमिक बाल हिंसा तथा बालश्रम बिरुद्धको आवाज प्रस्तुत गरिएको भनिएको चलचित्रको ट्रेलर बाल श्रम बिरुद्धको दिवसको अवसर पारि सार्वजनिक गरिएको हो ।

रवि अर्याल निर्देशित चलचित्रलाई रोशनी केसीले निर्माण गरेकी हुन । आधा दर्जन चलचित्र र केही टेलिचलचित्रमा अभिनय गरिसकेकी रोशनीले यसै चलचित्र मार्फत निर्माणमा पनि हात हालेकी हुन । साउन ६ गतेबाट प्रदर्शन हुने उक्त चलचित्रको ट्रेलर सार्वजनिक कार्यक्रममा बोल्दै उनले आफु समाज सेवामा पनि सक्रिय रहीआएको र समाजकै कथालाई चलचित्रमा प्रस्तुत गरेको बताएकी छिन् । उनले सडक बालबालिकाको कथा बोकेको चलचित्रको प्रदर्शनबाट प्राप्त हुने रकमको केही प्रतिशत बालबालिकाकै बौद्धिक विकासमा खर्च गर्ने समेत जनाएकी छिन ।

यस्तै चलचित्रका काष्टिङ निर्देशक डव्वु क्षत्रीले सडक बालबालिकालाई अभिनयको लागि तयार गर्न निकै कठिन भएको बताए । उनले झण्डै एकदर्जन सडक बालबालिका मध्ये अमृत परियार, सन्तोष नेपाली, सुर्य गुरुङ र सुभाषलाई लामो समयको प्रशिक्षण पश्चात अभिनयमा उर्तान सफल भएको जनाए । डव्वुका अनुसार अहिले यि चौ जना विभिन्न क्षेत्रमा रोजगारिमा रहेका छन् ।

त्यसो त चलचित्रले उठान गरेको विषय आफुलाई मन परेकै कारण यसको वितरण जिम्मा आफ्नो कम्पनीले लिएको चलचित्र विकास बोर्डका सदस्य समेत रहेका वितरक नरेन्द्र महर्जनले बताएका छन् । उनले यो चलचित्रले उठाएको विषय समाजमा घटिरहेकै घटनाहरु रहेको भन्दै सरकारका तर्फबाट आवश्यक सहयोग गर्न विकास बोर्ड तयार रहेको जनाएका छन् ।

चलचित्रमा चारजना सडक बालक सहित रोशनी केसी, सम्राट सापकोटा, सिल्पा पोखरेल, कुमार गजुरेल लगायतका कलाकारहरुको अभिनय रहेको छ । जगदिश्वर थापा र रवि अर्यालको लेखन रहेको चलचित्रमा दिव्य सुवेदीको छायाँकन, तारा थापा किन्भेको सम्पादन र सचिन सिंहको संगीत रहेको छ । कार्यक्रममा सांस्कृतिक संघका सभापति तिर्थ थापा, वितरक गोविन्द शाही लगायतले चलचित्रको सफलताको शुभकामना दिएका थिए ।

 

प्रतिक्रिया