अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:४२ | Colorodo: 08:57

कोलोराडोमा रक्की माउन्टेनको आयोजनामा जुलाई १६ मा समर पिक्निक हुने

बिआरटीनेपाल २०७४ जेठ २८ गते १६:३९ मा प्रकाशित

विआरटी नेपाल सम्बाददाता, कोलोराडो, अमेरिका । 
कोलोराडोमा रहेका नेपालीहरू बिच भेटघाट र एक आफसमा समन्वय तथा सद्भाव बढाउने उद्धेश्यले आउदो जुलाई १६, २०१७ आइतबारको दिन दिनको ३ बजे देखी ८ बजे सम्म समर पिक्निकको आयोजना हुने भएको छ । उक्त कुराको जानकारी बिआरटी नेपाललाई रक्की माउन्टेन फ्रेन्डस अफ नेपालका अध्यक्ष विनोद त्रिपाठीले दिएका हुन । उक्त पिक्निक सधैँ हुने स्थान नर्थग्लेन सिटी स्थित रमणीय पार्कमा हुने भएको छ ।

अध्यक्ष त्रिपाठी अनुसार पिकनिक कार्यक्रमलाई थप मनोरञ्जनका साथै सक्रिय सहभागिता गराउन निबन्ध प्रतियोगिताको साथै विभिन्न खेलकुद (सकर, गल्फ, टेनिस, टेबुल टेनीस, भलिबल, बाइ साइकल रेस, बास्केट बल आदी ) को पनि आयोजना गर्ने भएको छ । विजयी खेलाडिहरुलाई ट्रफी तथा प्रशंसा पत्र पनि वितरण गरिने छ । साथै १२ कक्षा उतिर्ण गरेका र कलेज उतिर्ण गर्ने नेपाली समुदायका छात्र छात्राहरुलाई समेत सम्मान गरिने भएको छ ।

रक्की माउन्टेन फ्रेन्डस अफ नेपालले उक्त समर पिक्निक कार्यक्रममा सबैको उपस्थितिको लागि हार्दिक अनुरोध गरेको छ ।

केही गत वर्षको पिक्निकको तस्बिरहरू:

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू