अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:३७ | Colorodo: 16:52

मौसम भन्दा छिटो छिटो परिवर्तन भई रहने हाम्रो सरकारसँग सँगै भूत पूर्व गोर्खां सैनिकहरुको चहल पहल काठमाण्डुमा

बिआरटीनेपाल २०७४ जेठ २५ गते १३:०० मा प्रकाशित

गत २५ वर्ष देखि समान पेन्सन र समान अधिकारको लडाई लडदै आएका भुपु गोर्खाहरु नेपाल सरकारको परिवर्तनसगं सँगै हाल भएका गतिविधि र बेलायत सरकारसगं भएका वार्ताका प्रगतिको बारेमा नव गठित सरकारका प्रधानमन्त्री, परराष्ट्र मन्त्री, सचिव लगायत नेपालमै बसोबास गर्ने भूत पूर्व गोखाहरुलाई जानकारी दिन सत्यग्रह सङ्घर्ष समितिका संयोजक कष्ण राईको नेतृत्वमा टोली काठमाण्डुमा सक्रिय छन् ।

एकातिर नयाँ प्रधानमन्त्रीका लागि निर्वाचन भई रहेको थियो भने त्यसै निर्वाचन भई रहेको संविधान सभा भवन सँगै जोडिएको रेष्टुरेण्टमा गोर्खालीहरुको छलफल चलिरहेको थियो । आगामी सरकारलाई दिन पर्ने जानकारी र गोर्खा सत्यग्रह सङ्घर्ष समितिको रणनीतिको बारेमा । यस छलफलमा अल पार्टी पार्लियामेन्टका अध्यक्ष नेपाली काँग्रेसका दिलमान पाख्रिन, एमालेका सांसदहरु तारा राई, यज्ञ राज सुनुवार, जयन्ति राई, ए माओवादीका सांसद केसरी घर्ति मगर, तुलसा राना, सांसद पुष्पलता लामा लगायत गोर्खा सत्यग्रह संयुक्त सङ्घर्ष सतिमि केन्द्रीय संयोजक कृष्ण राई, समितिका नेपाल संयोजक एल बि घिसि, नेपाल प्रवक्ता क्याप्टेन हिमाल राई, अस्ट्रेलियाका प्रतिनिधि मान बहादृर लिम्बु, केन्द्रीय स–कोषाध्यक्ष तेज बहादुर पुन, केन्द्रीय सदस्य उदिन राई, गोर्खा च्यानलका संचारकर्मी राजेन्द्र भट्ट उपस्थित थिए । 

गोर्खालीहरुको हक अधिकारका लागी गठन भएको पहिलो सङ्गठन गेसो । कहिले पनि अरू सङ्गठनहरू सँग सहकार्य नगर्ने परम्परालाई तोडदै । २५ वर्षको लामो निर वर्तमान अध्यक्ष पदम गुरुङ्गको पछि कृष्ण कुमार राईको नेतृत्वमा बनेको नयाँ कार्य समितिको आगमन सँग सँगै सहकार्यको यात्रा सुरु गरेको गेसोका नव निर्वाचित अध्यक्ष कृष्ण कु्मार राई पनि सरकार परिवर्तन हुनु पूर्व नै विभिन्न पार्टीका अध्यक्ष, नेता लगायत प्रधानमन्त्रीलाई भेटि एकताको जानकारी दिई बेलायत फर्केका छन् ।

त्यस्तै भुपु गोर्खा चन्द्र लक्सम्बा— उनीलाई भुपु गोर्खालीहरुका बारेमा ज्ञाता मानिन्छन् । उनी पनि नेपाल आएका थिए गोर्खालीहरुका बारेमा जानकारी दिन । यसै क्रममा हामीले गोर्खा सत्यग्रह संयुक्त सङ्घर्ष समितिका संंयोजक कृष्ण राई सँग जिज्ञासा राखेका थियौ— सधैँ अरू सङ्गठनको विरोध गरी रहने सँग सहकार्यको एकता कसरी सम्भव भयो । संयोजकले बताए— यदि नेतृत्व परिवर्तन नभई दिएको भए यो सम्भव थिएन । एकछत्र हिटलर पाराले शासन गरी रहेका गेसो पूर्व अध्यक्ष पदम गुरुङ्ग भुपु गोर्खाहरुले एक दिन सोध्नेछन् । त्यस्तै परे कालो मोसो दल्न पनि पछाडि नपर्लान् भन्ने बताए । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू