अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:२० | Colorodo: 17:35

भक्तपुरमा स्वीमिङबाट स्कूल फर्कदै गरेको बस दुर्घटना हुँदा २७ बिद्यार्थी घाईते

बिआरटीनेपाल २०७४ जेठ २५ गते ८:४१ मा प्रकाशित

भक्तपुरको सानोठिमीमा स्कुल बस दुर्घटना हुँदा २७ जना बिद्यार्थी घाईते भएका छन् । विद्यार्थीलाई स्वीमिङ गराएर स्कूल तर्फ फर्कदै गरेको नालान्दा विद्यामन्दिरको बा १ ख ८३५९ नम्बरको बस दुर्घटना हुँदा २७ जना विद्यार्थी घाइते भएका हुन् ।

स्कूल नजिकै पुगेपछि बस सडकबाट खेतमा खसेर दुर्घटना भएको र दुर्घटनामा घाइते भएका विद्यार्थीको गठ्ठाघरमा रहेको नागरिक कम्युनिटी अस्पताल र मध्यपुर अस्पतालमा उपचार भइरहेको  महानगरीय प्रहरी बृत्त ठिमीको संचार शाखाले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू