अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:३९ | Colorodo: 12:54

‘हर्ट टु हर्ट’द्वारा परोपकारी पानी अभियान मार्फत साहारालाई सहयोग हस्तान्तरण 

बिआरटीनेपाल २०७४ जेठ २३ गते ५:४६ मा प्रकाशित

चितवनमा क्रियाशिल संस्था हर्ट टु हर्ट सोसियल वोलफियर सोसाईटीले परोपकारी पानीबाट संकलित रकम आज साहाराको घर लाई हस्ताण्तरण गरेको छ ।  हर्ट टु हर्टले गत बैशाख ३१ गते चितवनका स्थानिय निवार्चन केन्द्र परिसरमा परोपकारी पानी अभियान सञ्चालन गरेको थियो सोही अभियान बाट संकलित रकम नगद चौध हजार दश रुपैया हर्ट टु हर्टका अध्यक्ष जोन कडेलले साहाराको घरलाई हस्ताण्तरण गरेका हुन ।

हर्ट टु हर्टले पूवि चितवनको रत्ननगर, भरतपूर लंकु तथा नवालपरासीको गैडाकोट लगायतका निवार्चन केन्द्र परिसरमा पानी बेच्न राखेको थियो । सो परोपकारी पानी अभियानलाई बिभिन्न केन्द्रमा रहि टेकलाल भुसाल, तिलक पराजुली,शिव अधिकारी, सुधिर बिज्ञान सापकोटा, शेर बहादुर पौडेल, श्रवाण राज पौडेल, बावुराम परियार,सुदिप नेपाल, जोन कडेल, भानु खरेल, नारायण सपकोटा, भुवन सपकोटा लगायतका अभियान्ताहरुले सो अभियानलाई सफल बनाएका हुन । हर्ट टु हर्टले यस्तै बिभिन्न परोपकारी अभियान सञ्चालन गर्दै सामाजीक कार्य गर्दैै आईरहेको छ ।

साहाराको घर बिगत पाच बर्षदेखी अभिभावक बिहिनी बालबालिकालाई संरक्षण गर्दै आईरहेको एक सामाजीक कल्याणकारी संस्था हो , भरतपूर ११ पोखरीटोलमा सञ्चालीत यस सस्थाले बिभिन्न मनकारी दाताहरुको सहयोगमा बालिकाहरुलाई संरक्षण गर्दै आईरहेको छ यसरी हर्ट टु हर्टले निवार्चनको बेला परोपकारी पानी अभियान सञ्चालन गरी आफ्नो सस्थालाई सहयोग साथै समाजमै परोपकारी भावानाको बिजारोपाण गरेकोमा खुसी हुदै धन्यवाद सहित पानी सहयोग गर्ने सहयोगी दाताहरु , तथा अभियानलाई सक्रिय भएर लाग्ने सम्पूर्ण अभियान्ताहरुमा साहाराको घरकी सञ्चालीका स्वस्तिका तिवारी (कुसुम)ले आभार व्यक्त गरेकी छिन ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू