अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:५२ | Colorodo: 15:07

चलचित्र ‘भूईँमान्छे’मा रमेश बुढाथोकी मुर्दाघरमा बसेर लाससँग खेल्दाको अनुभव

बिआरटीनेपाल २०७४ जेठ २३ गते ५:३६ मा प्रकाशित

चलचित्र ‘भूईँमान्छे’को टिजर सार्वजनिकसँगै यो चलचित्रको विषयवस्तुको बारेमा दर्शकहरुको चासो बढीरहेको छ । टिजरमा कलाकार रमेश बुढाथोकी लास काट्कुट गर्दै गरेको दृश्य देखाइएको छ । यो भूमिकामा अभिनय गर्नका लागि रमेश बुढाथोकीले मन र मुटु दह्रो बनाएर अध्ययन गरेका छन् । मुर्दाघरमा बसेर अनुभव बटुलेका छन् ।

शवचिरेको हेर्न रमेश बुढाथोकी गण्डकी अञ्चल अस्पताल पोखराको मुर्दा घरमापुगे । चलचित्रको लागि भनेपछि अस्पतालले सजिलै उनलाई मुर्दाघर छिर्न अनुमति दियो । उनी मुर्दा चिर्ने मान्छेसँग मुर्दा घरभित्र छिरे । उनीसँग मुर्दा घरमा छिर्ने एक जना थिए, जो एक दशकदेखि मुर्दा चिर्दै आएकाथिए । रमेशलाई डर लागिरहेको थियो, तर बानि परिसकेको अर्को मान्छेमा कुनै हिच्कीचाहट थिएन । उ निर्धक्क थियो ।
जबमुर्दाघरभित्र रमेश छिरे । शवहरु देखेर झनै डराए । तर पनि उनले मनलाई दह्रो गरेर सम्हाले ।

उनको पेशा त कलाकारीता थियो । तर, चलचित्रमा उनले लासहरुसँग खेल्नु पर्ने बाध्यता थियो । चलचित्रको पात्रलाई न्याय गर्नका लागि उनले वास्तविकता बुझ्नुको विकल्प थिएन । त्यसैले उनी पोष्टमार्टम कसरी गरिन्छ ?भन्ने कुरा सिक्न त्यहाँ पुगेका थिए । मुर्दा घरभित्र छिर्दाको अनुभव सुनाउँदै बुढाथोकीले भने, ‘उसले भुईंमा लडेको लास उठायो । हेर्दाहेर्दै चिरेर दुई फ्याक बनायो । घाँटीबाट ब्लेड जस्तो सामग्रीले तलसम्म चिर्यो । शवका आन्द्रा भँुडि सबै देखिए । मैले हेर्न सकिनँ । सहन सकिनँ । वान्ता होला जस्तो भयो । थाम्न सकिनँ र बाहिर निस्किएर वान्ता गरेँ ।’

चार दिनसम्म रमेशले लगातार मुर्दा काट्ने मान्छेको संगत गरे । उ सँगै बस्थे । उ सँगै कुरा गर्थे । अनि उनलाई नै सघाउँथे । तर, खाना खाँदा र राति सुत्दा मुर्दा घरको झझल्कोले उनलाई सताउन थाल्यो ।

त्यसपछि उनले त्यहाँ काम गर्ने व्यक्तिको व्यवहार पनि अध्ययन गरे । उसँग कुरा पनि गरे । जब मुर्दा काट्ने मान्छेको अनुभव उनले सुनेँ– उनका शरिर नै जिरिङ्ग गर्न थाल्यो । शरिरका रौँहरु ठाडो हुनथाले । रमेश भन्छन्– ‘उसको सपनामा सधैँ मुर्दाहरु आउँछन् रे । उसलाई सधैँ पिट्छन् रे । झगडा गर्छन् रे । चिरिएको, काटिएको अनुहार, दुई फ्याक भएका मान्छेहरु उठेर उसको हत्या गर्न खोज्छन् रे ।

’ सामाजिक परिवेशमा पनि रमेशले जुन मान्छेसँग संगत गरे उसलाई नकारात्मक दृष्टिले हेरीँदोरहेछ । मुर्दा घरमा काम गर्नेलाई समाजले नराम्रो दृष्टिकोणले हेर्छ । ठ्याक्कै उसको जीवनम ापनि त्यहि रहेछ । उनी भन्छन्– ‘अब त उसलाई बानी परिसके छ । सबै पचाइ सकेको रहेछ ।’

उनीसँगै राष्ट्रिय भलिबल खेलाडी सिपोरा गुरुङ पनि चलचित्रमा मुख्य आर्कषणको रुपमा प्रस्तुत भएकी छिन् । सिपोराले यहि चलचित्रबाट डेब्यु गरेकीहुन् । पोष्टमार्टमको कथामा बनेको चलचित्रलाई नवराज बुढाथोकीले निर्देशन गरेका छन् । फरक कथा र शैलीमा निर्माण भएको चलचित्र भएकोले यसलाई दर्शकले मन पराउनेमा निर्माता रोहिणी भट्टराई आशावादी छन् । विशेष गरी भूईँमान्छे मेडिकल साइन्सका विद्यार्थीले हेर्नै पर्ने चलचित्र त हो नै, आमदर्शकका लागि पनि समाजमा लुकेर बसेको यो कथा नौलो र रुचीकर लाग्ने निर्देशक बुढाथोकी बताउँछन । भुईंमान्छे आगामी असार २० गतेदेखि देशभर प्रर्दशनमा आउँदैछ ।

प्रतिक्रिया