अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:४४ | Colorodo: 10:59

गायिका पुनम देभान्सिले लिएर आईन ‘म हुँ निश्चल कोपिला’ (भिडियो सहित)  

बिआरटीनेपाल २०७४ जेठ २३ गते ५:२८ मा प्रकाशित

  गायिका पुनम देभान्सिले “म हुँ निश्चल कोपिला” भन्दै मन छुने गित लिएर आएकी छिन l गायिका पुनम देभान्सिको  स्वरमा रहेको ‘म हु निश्चल कोपिला’लाइ निर्देशक शिब शर्माले  सामाजिक रुपमा समाजमा सकारत्मक संदेश फैलाउन मद्दत पुर्याउने खालको म्युजिक भिडियो तयार गरेका छन l गायिका पुनम देभान्सिको शब्द तथा संगीत रहेको गीतमा माथुर महर्जनको समेत संगीत रहेको छ l

अभिनेत्री कबिता शर्मा, आर के मानन्धर, संचारकर्मी सुर्य चन्द , गीता नेपाल, चक्रध्वोज भण्डारीको अभिनय रहेको म्युजिक भिडियोमा बाल कलाकारहरुमा सरुजाकेसी, ग्रेसी रायमाझी, शृंखला कार्की, एन्जल शाही, सुनैना घिमिरे, यसस्वि थापा र श्रेया परियारले जिबन्त अभिनय गरेका छन l सिद्दिकाफिल्म द्वारा निर्मित म्युजिक भिडियोलाई निर्देशक शिब शर्माले निर्देशन गरेका हुन् भने प्रवेश पोखरेलले छायांकन गरेका हुन l

नेपाली समाजमा भएको छोरीप्रतिको भेदभाबलाइ तथा समाजको कुरीति पुर्ण ब्यबहारलाइ यथार्थ परक रुपमा शब्द तथा म्युजिक भिडियो मार्फत पर्दामा उतारिएको यसगितले नेपाली सांगितक क्षेत्रमा एक नया आयाम थप्ने बिश्वास गायीका पुनमको छ  l

प्रतिक्रिया