अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:२७ | Colorodo: 11:42

चलचित्र ‘लिला’को ‘ढाकाको चोलीमा ढाकाकै पटुकी…’ गीतको भिडियो सार्वजनिक

बिआरटीनेपाल २०७४ जेठ २३ गते ५:१५ मा प्रकाशित

गत शुक्रबार मिस नेपालको ताज पहिरिएकी निकिता चन्दकको चर्चा परिचर्चा चलिरहदा पुर्व मिस नेपाल मलिना जोशी अभिनित चलचित्र ‘लिला’को ‘ढाको चोली, ढाकाकै पटुकी…’ बोलको गीत सार्वजनिक भएको छ ।

लोक शैलीको गीत अभिनेत्री संचिता लुइटेल र अभिनेता राज कटुवाल माथी फिचरिङ गरिएको छ । गीतमा अभिनेत्री संचिता नेपाली पहिरन चोलो र फरियामा सजिएकी छन् भने राज ढाकाको दौरा सुरुवालमा ठाटिएका छन् ।

लक्ष्मण बस्नेतको शब्द, रमेश खड्काको संगीत, सचिन राई र अन्जु पन्तको स्वर रहेको गीतमा कमल राईले निकै राम्रो कोरियोग्राफी गरेका छन् । सिक्किम र दार्जलिङका बिभिन्न लोकेसनमा छायाँकन गरिएको गीत जो कोहीको जिब्रोमा सजिलै झुन्डिने खालको रहेको छ ।
सिनेदर्पण इन्टरटेमेन्टको ब्यानरमा कृष्ण प्रसाद दंगाल प्रस्तुतकर्ता रहेको चलचित्र ‘लिला’ अनुभबी तथा टेक्निकल्ली निर्देशक रमेश कोइरालाले निर्देशन गरेका हुन् । कलाकार तथा हिट चलचित्र ‘सिलसिला’का निर्माता सिपी पौडेल चलचित्रका कार्यकारी निर्माता रहेका छन् ।

लक्ष्मण बस्नेत, विमला घिमिरे (दंगाल) निर्माता रहेको चलचित्रको लेखन निर्माता लक्ष्मण बस्नेतले नै गरेका हुन् । चलचित्रमा मलिना जोशी, राज कटुवाल, संचिता लुइटेल, धु्रर्व कोइराला, निस्तोज निरौला, देवीराम पराजुली, (भोकलाग्यो), पंकज नेपाल, स्वानीका बास्तोला लगायतको अभिनय रहेको छ ।

हरेक पक्षलाई रहस्यमय तवरले प्रस्तुत गर्न खोजिएको चलचित्र ‘लिला’ प्रेम, एक्सन, सस्बेन्स लगायत बिषयले भरिपुर्ण चलचित्र भएको निर्माता प्रस्तुतकर्ता कृष्ण प्रसाद दंगालले बताए ।

संगीत पक्षलाई विशेष महत्व दिएको चलचित्र युवावर्गलाई लक्षित गरेर निर्माण गरिएको हो । अहिलेको आधुनिक टेक्नोलोजिको भरपुर उपयोग गरेर निर्माण गरिएको चलचित्रले दर्शकका लागि अहिलेसम्मकै नयाँ स्वद हुने निर्देशक रमेश कोइरालाले बताए ।

चलचित्र ३० भदौमा रिलिज हुँदैछ ।

प्रतिक्रिया