अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:५७ | Colorodo: 09:12

अमेरिका निवासी लेखक शिव प्रकाशद्वारा पुस्तक बेचेर महावीर पुनलाई २ लाख ५० हजारको सहयोग 

बिआरटीनेपाल २०७४ जेठ २३ गते ४:५२ मा प्रकाशित
अमेरिकाको म्यासाचुसेट्स राज्यको राजधानी बोस्टनमा बस्दै आएका लेखक शिव प्रकाशले नेपाल आविष्कार केन्द्रका महावीर पुनलाई आफुले लेखेको पुस्तक बाट आएको आय आर्जन रकम बाट आर्थिक सहयोग गरेका छन् l
उनले पुनलाई २ लाख ५७ हजार को आर्थिक सहयोग गरेका छन् l उनको घागी नामक पुस्तक तथा प्रकाशक साँग्रिला बुक्स रहेको उक्त पुस्तक बाट आएको कमाई बाट थपथाप गरेर पुन लाई उक्त रकम पठाएको बताएका छन् l
 
अमेरिकामा करिब १२ सय ५० डलर घागी पुस्तकबाट आएकोमा स्वयम् लेखक तथा उनकी जीवन संगिनी जोत्सना पौड्यालका तर्फबाट त्यति नै रकम थप गरी २५ सय डलर बनाएर नेपालको राष्ट्र बैंक को दरभाउ अनुसार २ लाख ५७ हजार रुपैंया आविष्कार केन्द्रको खातामा जम्मा गरि दिएका छन् l उनले पाटन स्थित हिमालय बैंक लिमिटेडबाट जेष्ठ २२ गते उक्त रकम पठाएका हुन् l 
 
लेखक शिव प्रकाशले किताव विक्रीबाट आएको पैसा परोपकारी काममा लगाउने भनि पूर्व घोषणा  गरेका थिए l यसको साथै लेखनबाट भविष्यमा आउने सबै आर्जन यस्तै परोपकारी कार्यमा लगाउने प्रतिबद्धता समेत गरेका छन् l 
 
उनले सामाजिक अभियन्ता महाविर पुनलाई सहयोग गर्न अपाउनु आफ्नो अहोभाग्य हो भन्दै परदेशमा परिश्रम गरेर मातृभूमिलाई सहयोग गर्न पाउँदा सन्तोष व्यक्त गरेका छन् l 
 
अमेरिकामा रहेता पनि लेखक शिव प्रकाशले बिगतमा डा. गोविन्द केसीको अभियानलाई सशक्त रुपमा आवाज उठाउनको साथै अन्य राज्यहरुमा समेत समन्वय गरि अहम भूमिका निर्वाह गरि सहयोग पुर्याएका थिए l 
 
यसै गरि उनि लगायत केहि साथीभाईको पहलमा उनले कुनै पनि संघ तथा संगठनलाई संलग्न नगरी एक आपसमा भेला भएर  ‘धुर्मुस सुन्तली अभियान सहयोग कार्यक्रम बोस्टन’ नामक कार्यक्रम आयोजना गरि झन्डै १४ लाख रुपियाँ सहयोग गरेका थिए l 
 
उनले महाविर पुनजस्ता देशका निधिले आफ्नै देशका लागि केही गर्छु भन्दा पदक बेच्ने अवस्था आउनु दूर्भाग्यपूर्ण भन्दै राजनीतिक नेतृत्व र सरकारलाई धिक्कारेका छन् l 
 
उनले डा केसी तथा डा महाबिर पुन जस्ता सुपात्रहरु कपटी राज्यबाट बारम्बार उपेक्षित हुनु देशको अर्को दूर्भाग्य हो भन्दै  परदेशमा बस्नेले देशका यस्ता निधिहरुलाई सहयोग गरौं र बचाऔं भन्दै  संदेश दिएका छन् l 
 
 
 
प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू