अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:४४ | Colorodo: 04:59

‘लेट मी डान्स नेपाल’को उपाधि म्याग्दीकी बिष्णुलाई

बिआरटीनेपाल २०७४ जेठ २२ गते १०:४४ मा प्रकाशित

‘लेट मी डान्स नेपाल’ ‘सिजन–२’को उपाधि म्याग्दीकी बिष्णु मगरले हात पारेकी छन् ।राजधानीको प्रज्ञा प्रतिष्ठानमा आयोजित फाईनल कार्यक्रममा ८ प्रतिस्पर्धीहरुलाई पछि पार्दै उनले तीन लाखसहित अवार्ड, प्रमाण पत्र हात पारेकी हुन् ।

त्रिकाल आर्ट एकेडेमी र मिटिङ प्वईन्ट नेपालको संयुक्त आयोजनामा संचालन भएको ‘लेट मी डान्स नेपाल सिजन–२’को फस्ट रनरअप दाङकी खिमा काउचा मगर हुन सफल भईन् । त्यस्तै, सेकेण्ड रनरअपको उपाधि धादीङका योगेश श्रेष्ठले ५० हजारसहित अन्य पुरस्कार जिते । त्यस्तै, थड रनरअपको उपाधि ललितपुरका अभिषेक महर्जनले जित्न सफल भए ।

देशका विभिन्न स्थानमा छरिएर रहेका अनि लुकेर बसेका प्रतिभहरुलाई एकै ठाउँमा समेटि ती प्रतिभाहरुलाई निखारि बाहिर ल्याउने र राष्ट्रियस्तरमा उनीहरुको प्रतिभा पु¥याउने उद्देश्यले संचलनका ल्याईएको ‘लेट मी डान्स नेपाल’ ‘सिजन–२’को फाईनल कार्यक्रम संस्कृतिविद् सत्यमोहन जोशीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । त्यस्तै, अतिथिमा कलाकार बिएस राणा, मिथिला शर्मा, नायक शुशिल क्षेत्रीलगायतको उपस्थिती रहेको थियो ।

भोड्काले प्रयोजन गरेको ‘भोड्का लेट मी डान्स नेपाल’को दोस्रो संस्करणका विजेताहरुलाई ५ लाख दिईएको आयोजक तथा संस्थाका अध्यक्ष क्षेडुुप लामाले बताए ।

‘लेट मी डान्स नेपाल’को ‘सिजन–२’ मा उत्कृष्ट ५० बाट उत्कृष्ट २५, उत्कृष्ट १५, उत्कृष्ट ११ हुँदै उत्कृष्ट ८ मा फाईनल भएको हो । ‘लेट मी डान्स नेपाल’ प्रतियोगीता ‘सिजान–२’ का जर्जहरु नृत्य निर्देशक जोगेन्द्र केसी, नायिका मेलिना मानन्धर र नृत्य निर्देशक तथा गायक प्रेम लामा रहेका थिए । प्रतियोगीताको फाईनलमा ७० प्रतिशत भोटको आधारमा र बाँकि ३० प्रतिशत जर्जको निर्णयमा भएको थियो ।

प्रतिक्रिया