अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:१४ | Colorodo: 03:29

निर्वाचन आयोगको निर्णय अदृश्य शक्तिको प्रभाव – एमाले नेता पाण्डे

बिआरटीनेपाल २०७४ जेठ २२ गते १०:३८ मा प्रकाशित

नेकपा एमालेका केन्द्रीय सदस्य एंवम् पूर्व उद्योगमन्त्री सोमप्रसाद पाण्डेले भरतपुर घटनालाई लिएर कसैको दबाब र प्रभावमा परेर निर्वाचन आयोगले गरेको निर्णय एकदमै कमजोर मानसिकताको उपज भएको बताएका छन् ।  रफत सञ्चार क्लबले आज आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य पाण्डेले भरतपुरमा मतगणना शुरु नभएसम्म देशले नयाँ सरकार र नयाँ प्रधानमन्त्री पाउन नसक्ने चेतावनी दिंदै भरतपुर घटनामा आयोग विभिन्न शक्ति केन्द्रको प्रभावमा परेको आरोप लगाएका हुन् ।

निर्वाचन आयोगको निर्णय प्रभावमा परेर गरिएको भएपनि एमाले अदालतको निर्णयको पखाईमा रहेको उनले बताए ।

एमालेले गरेको संसद अबरुद्ध र नयाँ प्रधानमन्त्रीको चयन प्रक्रियामा कुनै समस्या नभएको बताउँदैे एमालेले प्रधानमन्त्री चयन प्रक्रिया शूरु हुनु अघि नै भरतपुरको कुरा उठाएको कारण प्रधानमन्त्री चयनमा एमालेको कुनै अवरोध नभएको उनको धारणा छ ।

एमाले पहिलेदेखि नै राष्ट्रिय सरकारको पक्षमा रहेकोले देशको समग्र हितका लागि राष्ट्रिय सरकारमा एमाले जान आतुर रहेको भन्दै उनले अहिले चयन हुन लागेको बहुमतिय सरकारमा भने एमाले जान नसक्ने बताए ।

मतगणना भैरहेको भरतपुर महानगरपालिकामा निर्वाचन हार्ने निश्चित भएपछि माओवादी केन्द्र निकट वाईसिएलका कार्यकर्ताले मतपत्र च्यातेको उनले दाबी गरे ।

वर्तमान सरकारले विगतका सरकारले बनाएका औद्योगिक योजनाहरु कार्यान्वयनमा चासो नदेखाएको बताउँदै नेता पाण्डेले केन्द्रीय सदस्य पाण्डेले विगतको सरकारले बनाएका औद्योगिक विकासका योजनालाई देशको आर्थिक समृद्धिका लागि सरकारले तत्काल उद्योग स्थापना लगायतका काम अघि बढाउनुपर्नेमा पनि जोड दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू