अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:४३ | Colorodo: 16:58

काठमाडौंका २२ बर्षिय अक्षय रायमाझी बने ‘मिस्टर नेपाल-२०१७’

बिआरटीनेपाल २०७४ जेठ २१ गते ६:५३ मा प्रकाशित

मिस्टर नेपाल २०१७ को उपाधी २२ बर्षिय अक्षय रायमाझीले जितेका छन् । शनिवार साँझ आर्मी अफिसर क्लवमा सम्पन्न प्रतियोगीतामा राजधानिको अनामनगर स्थित लिवटी कलेजमा बिबिए अध्ययनरत अक्षयले आफ्ना २८ जना प्रतिष्पर्धीलाई पछि पार्दै मिस्टर नेपालको उपाधी जितेका हुन् ।
अक्षय मिस्टर नेपाल बनेसंगै धुर्व बुढाथोकी फस्र्ट रनरअप र आशिष ताम्रकार सेकेण्ड रनरअप घोषित भएका छन् । मष्टकन्जेटिभ उपाधी समेत जितेका अक्षय रायमाझी मिस्टर नेपाल २०१७ मा आफ्नो नाम घोषणा भएपछि भावुक भएर निकै बेर आँसु झारेका थिए । अक्षयले अभिनयका लागि बिभिन्न अवसरका साथै थुप्रै गिफ्ट समेत प्राप्त गरेका छन् । मिस्टर नेपाल बनेसंगै अव अक्षयले २०१७ मा हुने ‘मिष्टर वल्र्ड’मा नेपालको प्रतिनिधित्व गर्नेछन् ।

उद्योग मन्त्री नबिन्द्रराज जोसी प्रमुख अतिथी रहेको प्रतियोगीतामा नायक रेश मरहठ्ठा, अभिनेत्री सरिता लामिछाने, गायिका कोमल वली, नवराज श्रेष्ठ, सुनिल रावल, खुस्बु खड्का, सन्दीप पोखरेल, जगदिस्वर थापा, शैलजा आचार्य लगायत निर्णायक र शैलेश पोखरेल स्पेसल गेष्टको रुपमा उपस्थित थिए ।


युवाहरुको प्रतिभालाई प्रोत्साहित गर्नुका साथै समाजमा जिम्मेवार नागरिक बनाउने उद्देश्यले आयोजना हुँदै आएको मिस्टर नेपाल प्रतियोगीतामा १६ देखी ३५ बर्ष उमेरका युवाहरुले सहभागीता जनाउन सक्ने प्रावधान रहेको छ । मिस्टर नेपाल आयोजना गर्दै आएको एक्सपोज नेपालका अध्यक्ष दिनेश शाहीका अनुसार प्रतियोगीता युवाहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धी, क्षमता उजागर लगायतका प्रशिक्षण सहित प्रतियोगीलाई अन्तिम स्पर्धामा उतारेको र आगामी बर्षहरुमा अझ आकर्षक ढंगले यो प्रतियोतिगतालाई लैजाने निर्णय आयोजकहरुको छ ।

कलाकारहरुको बाक्लो उपस्थिती रहेको कार्यक्रमको सुरुवात हाँस्यकलाकार महादेव त्रीपाठी र उनको चलचित्र जोकर २ का नायक बिश्वकै सबैभन्दा होचा कलाकार दिपेन शाहको प्रस्तुतीबाट भएको थियो । महादेव त्रिपाठीले जोकर २ को गीत गाएर सुनाएका थिए भने कलाकार दिपेन शाहले नृत्य प्रस्तुत गरेका थिए । गायक धिरज राईको प्रस्तुती र प्रतियोगी र बिभिन्न प्रतियोगीताका उपाधीप्राप्त युवायुवतीको र्याम्पले कार्यक्रमको आकर्षण थपेको थियो ।


शुशिल नेपाल, कला सुब्बा र रोजिन शाही प्रस्तोता रहेको प्रतियोगीताको प्रतक्ष्य प्रसारण ईमेज च्यानले गरेको थियो ।

प्रतिक्रिया