अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:३६ | Colorodo: 23:51

लन्डनको एसएसई एरिनामा नेपाली कन्सर्ट हुँदै

बिआरटीनेपाल २०७४ जेठ २० गते २२:३६ मा प्रकाशित

कन्सर्टका लागि लन्डन वेम्लीस्थित एसएसई एरिना विश्वप्रसिद्ध थलो मानिन्छ । महँगो त आफ्नो ठाउँमा छ तर यो हलमा कार्यक्रम गर्न कम्पनीको प्रोफाइल हेरेर मात्र गर्न पाइन्छ । यो हलमा फेरी बी फेस्ट र पर्चा प्रोडक्सनले आगामी १७ जुनमा ‘जुन फेस्टिभल’ नाम दिएर कन्सर्ट गर्ने भएको छ ।

सन् २०१३ मा पर्चा प्रोडक्सनले नै वेम्ली एरिनामा पहिलोपटक नेपथ्य ब्यान्ड लगेर कन्सर्ट गरेको थियो । १७ जुनमा हुने ‘जुन फेस्टिभल’ मा गायक विपुल क्षेत्रीसहित अल्बाट्रोस, कुटुम्ब एवं एज ब्यान्डले एकैपटक गीतसंगीत प्रस्तुत गर्ने आयोजक पर्चा प्रोडक्सनका सीईओ समीर गुरुङले जानकारी दिए ।

कन्सर्टका लागि २५ सदस्यीय टोली आगामी १४ जुनमा लन्डन पुग्नेछ । साढे १२ हजार दर्शक क्षमताको उक्त भेन्युमा कम्तीमा १० हजार दर्शक उतार्ने अठोट आयोजकको छ । ३५ देखि ११ पाउन्डसम्म प्रवेश शुल्क तोकिएको उक्त कन्सर्ट करिब चार घण्टा चल्नेछ । कलाकारलाई अवसर र नेपाली गीतसंगीतको अन्तर्रा्ष्ट्रिय प्रवद्र्धन गर्ने उद्देश्यले कार्यक्रम गरिएको आयोजकले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू