अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:०१ | Colorodo: 03:16

राष्ट्रपतिद्वारा क्यान्सर अस्पतालको उद्घाटन

बिआरटीनेपाल २०७४ जेठ २० गते १०:४६ मा प्रकाशित

काठमाडौँ, जेठ २० गते । राष्ट्रपति विद्यादेवी भण्डारीले अझैपनि सहज र सुपथ स्वास्थ्य सेवा पु¥याउन चुनौती रहेको बताउनुभएको छ ।

नेपाल क्यान्सर अस्पताल हरिसिद्विको आज औपचारिक उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले कडा रोगको उपचारमा ठुलो धनराशि खर्च गर्नपरिरहेको उल्लेख गर्नुभयो । 

उहाँले भन्नुभयो,‘‘ क्यान्सरजस्तै कडा रोगको उपचारमा ठुलो खर्च भइरहेको छ । सरकारले स्वास्थ्य सेवाको क्षेत्रमा सुधारका कदम चालेको छ । निजी अस्पतालले पनि उपचारमा विश्वासनीयता बढाउँदैँ लगेको छ ।’’

कार्यक्रममा स्वास्थ्यमन्त्री गगनकुमार थापाले सरकारको एक्लो प्रयासले मात्र स्वास्थ्य सेवाका उद्देश्य पूरा नहुने भएकाले जनतालाईसँगै लैजान यसै वर्षमा ‘मेरो वर्षः म स्वस्थ मेरो देश स्वस्थ’ नामक अभियान सुरु गरेको स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, ‘‘कडा रोगको उपचार सहज र सस्तो बनाउन प्रारम्भिक अवस्थामा रोगको पहिचान र उपचार गर्न हरेक रोगको प्रोटोकल बनाउन लागिएको छ । त्यसको सुरुवात क्यान्सर प्रोटोकलबाट सुरु भइसकेको छ । भने हरेक स्वास्थ्य केन्द्र र जनता स्वास्थ्य क्लिनिकबाट नसर्ने रोगको परीक्षण र उपचार सुरु गरिएको छ ।’’ 

उद्योगमन्त्री नवीन्द्रराज जोशीले सबै रोगको उपचार नेपालमै सम्भव बनाउन निजी क्षेत्रले पनि सकारात्मक भूमिका खेलेको बताउनुभयो ।

नेपाल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा सुदिप श्रेष्ठले उच्चस्तरीय क्यान्सर उपचार दिन चुनौतीको सामना गर्दै अस्पताल सुरु गरिएको बताउनुभयो ।
निजी क्षेत्रबाट सञ्चालित पहिलो सेवाग्राही अस्पतालको रूपमा रहेको छ । रासस फोटो: शैलेश पोखरेल

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू